काठमाडौं : कर्णालीमा सत्ता हस्तान्तरणको चर्चा चुलिएकै छ । बैशाख ३ गते माओवादी नेतृत्वको सरकारलाई जोगाइदिने नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण ६ महिनापछि गर्नुपर्ने हो । कांग्रेससँग सत्ता सहकार्य छ महिनापछि भएको थियो । अर्थात् कात्तिक १५ गतेभित्र कर्णाली सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने थियो ।
तर, कर्णालीमा सत्ता सहमति अगावै माओवादीले सत्ता हस्तान्तरण गर्न लागेको छ । सत्ता हस्तान्तरण भएसँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै छन् । सहमति अगावै सत्ता माओवादीले किन हस्तान्तरण गर्दैछ ? नेताहरु सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुन्छन् । तर, कर्णालीमा सहमति अगावै हस्तान्तरण किन ?
यतिबेला प्रदेश सरकारका कृषि, भूमि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन् । दुई वर्षअघि एक महिलालाई यौन दुर्व्यवहार गरेको भिडियो समेत सार्वजनिक भएको छ । यो घटनाले कर्णाली सरकारमाथि नैतिक प्रश्न उठिरहेका छन् । मन्त्रीलाई बर्खास्त गर्न माग गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि नै राजीनामा र बर्खास्तका नाराहरु चर्कीरहेका छन् ।
तर, यस विषयमा मुख्यन्त्री महेन्द्रबहादुर शाही र कर्णाली सरकारले लाज पचाएर चुप बसेको छ । घटनालाई निरुपण समेत गरेको छैन । निरुपण गरोस् पनि कसरी ? जुन, दिन मुख्यमन्त्री पद जोखिममा थियो । जुन, दिन माओवादी नेतृत्वको कर्णाली सरकार ढल्दै थियो । त्यसलाई बचाइदिने भने, अहिले यौन दुर्व्यवहारको आरोपमा मुछिएका मन्त्री हुन् ।
आफ्नो कुर्सी जोगाउनेलाई मुख्यमन्त्रीले मन्त्री पदबाट कसरी बर्खास्त गर्छन् ? कसरी घटनाको निरुपण गर्छन् ? पीडितलाई समेत पैसाको बार्गेनिङ गरेर घटना नभएको मिडियामा भन्न लगाएका छन् । जुन, कुरा आरोपित मन्त्रीका प्रेस सल्लाहकारले भिडियोमा बताएका छन् ।
घटनाका विषयमा निरुपण नहुनु भनेको माओवादी नेतृत्वको कर्णाली सरकारको नैतिकता लिलाम हुनु हो । मुख्यमन्त्रीको नैतिकता लिलाम हुनु हो । मुख्यमन्त्रीले नत मन्त्रीलाई बर्खास्त गर्न सक्छन् । नत सत्तामा बस्ने नैतिकता छ । नैतिकता गुमाएको कर्णाली सरकारले कांग्रेसलाई सत्ता सहमति अगावै यसकारण सत्ता हस्तान्तरण गर्न लागेको हो ।
नैतिकता गुम्दापनि कृषि मन्त्री पदमै विराजमान छन् । मन्त्रीमाथिको आरोप गलत नै भएपनि घटनाको विषयमा निरुपण गर्न जरुरी थियो । तर, सरकारले बेवास्ता गर्यो । उल्टै के प्रमाण छ ? भनेर प्रश्न उठाइरहेको छ । यो जस्तो लाजमर्दो तर्फ अरु के हुन सक्छ ।
यस्ता घटनाहरु नघटेका होइनन् घटेका हुन् । थुपै्र घटेका छन् । यस्तो विषय बाहिर आउँदा तत्काल छानबिन समिति गठन गर्ने, प्रतिक्रिया जनाउने, मन्त्रीलाई समेत निलम्बन गर्ने र पदबाट राजीनामा दिन सुझाव दिनुपर्ने अवस्था हुनुपथ्र्यो ।
तर एक मन्त्रीको अक्षम्य अपराधको पर्दाफास हुँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री मुख थुनेर बस्यो । जुन, कर्णालीका कयौं महिलामाथिको अपराध लुकाउनु हो । यसरी नैतिकता सक्काएरै सत्तामा विराजमान हुनुभन्दा सत्ता कांग्रेसलाई हस्तान्तरण गरेको समेत प्रश्न उठिरहेका छन् ।
यता एमालेको दबाब पनि उत्तिकै छ । आन्दोलन गरिरहेको छ । मन्त्रीको बर्खास्तको माग गरिरहेको छ । नैतिकता गुमाएर सत्तामा विराजमान हुनुभन्दा सत्ता हस्तान्तरण गर्नु र घटनाबाट पन्छिनु हाम्रो हो ?
र, योपनि पढौं...