जुम्ला : सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ । यसै क्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिरएको छ ।
कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुँदै आएको हो । वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक संगठन निर्माण हुने र गौरवशाली वैधानिक रुपमा शुक्रबारबाट सुरु भएको उनले बताए ।
जुम्ला जिल्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको भएको बताइएको छ । बाँकी रहेका दुई वडामा सहमतिबाटै हुने पार्टी सचिव कार्मा बुढाले बताए ।
‘वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउँदै आपसी एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नु पर्ने देखिएको उनले भने । लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ’, उनले भने, ‘पार्टी लोकतन्त्र र सिंगो राष्ट्रको वहु–आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम क्रियाशिल साथीहरूको निर्णय प्रति म धेरै खुसी छु ’ ।
६० वडाको नेतृत्व चयन गर्दा एकजना मात्रै महिला सभापतिमा
जुम्लाका ६० वडा मध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन हुँदा जसमा एक जना वडा सभापति मात्रै महिला छन् । राज्यले राजनितिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर १४ औं महाधिवेशनमा ६० वडामा एक जना महिला मात्रै महिला सभापति नेतृत्वा आएकी छन् ।
सभापतिमा चयन हुनेमा तिला गाउँपालिका - २ की २६ वर्षीय सीता रावत हुन् । उनलाई शुक्रबार सम्पन्न वडा अधिवेशनबाट निर्विरोध चयन गरिएको हो । सानै उमेरमा विद्यार्थी राजनीतिमा लागेकी सीता दुई वर्षदेखि खुला राजनीतिमा आएकी हुन् ।
उनले ‘मैले पढाइ खेती किसानसँगै राजनीतिमा जोडिएको छु । यो पटक सबै नेता कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेको हुँ । अब वडाको कांग्रेस पार्टीको भविष्य बनाउने जिम्मेवारी आइपुगेको छ ।
सफलतापुर्वक पुरा गर्ने अठोट गरेकी छु । ’ उनको माइतीघर हिमा गाउँपालिका – ५ हो । उनी अहिले तिला गाउँपालिका २ लर्मी गाउँमा बस्दै आएकी छन् ।