सिमकोट : स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला समन्वय समितिका एक जना र गाउँपालिकाको कार्यपालिका सदस्यसहित वडामा निर्वाचित पाँच जनाले नेकपा एमाले दल त्यागमा सनाखत गरेका हुन ।
जिल्ला निर्वाचन अधिकारी ओम प्रकाश महत्तोले नेकपा एमालेबाट बिजयी भएका पाँच जना सदस्यहरुले दल त्यागमा सनाखत गरेको जनाए । दल त्यागका सनाखत गरेसँगै उनीहरु सबैले नेकपा एमालेको दल त्याग गरि नेकपा एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका छन् ।
जिल्ला समन्वय समितिका सदस्य अजबिर शाहीले आफुले उक्त पद नेकपा एमाले त्यागेर जिल्ला निर्वाचन कार्यालयमा गइ दल त्यागमा सनाखत गरेको बताए । उनले एमाले दल त्यागेर नेकपा एकिकृत समाजवादीमा आजैबाट समाहित भएको जानकारी दिए ।
उनी लगाएत अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन ।
यसरी जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गर्ने पाँचै जना जनप्रतिनिधिहरु पहिलो भएका छन् । अदानचुली गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय भएको एमालेका ११ जनामा दश जनामा सिमित हुन पुगेको छ ।
यद्यपी उक्त गाउँपालिकाको कार्यपालिकामा एमाले भने बहुमतमै रहने छ । पार्टी विभाजनपछि पहिलो पटक हुम्ला आएका युवा संघका सचिब हस्त बहादुर शाही, एमाले सचिब तीर्थराज रोकाया र प्रदेश कमिटि सदस्य शिवराज शर्मामा उपस्थितीमा कार्यालयमा गएर पाँचै जनाले दल त्यागका दस्तखत गरेका हुन ।