काठमाडौँ : युवा पुस्तामझा निकै चर्चा परिचर्चा बटुल्न सफल नायक हुन्, अनमोल केसी । नेपाली फिल्म हेर्ने जो कोहीको ढुक्क ढुक्की बनेर बसेका छन् । तर यो आधुनिक पुस्तामा लागू हुन्छ । नेपालको सदाबहार महानायकत्व त राजेश हमालले गरिरहेकै छन् । अनमोलको डेब्यु होस्टेल फिल्मबाट भएको हो । सुनिल रावलले निर्माण गरेको यो फिल्म सफल र चर्चित बनेको थियो । किनकी त्यसले अनमोल जस्ता सुपरस्टार जन्मायो ।
तर यसको सबै श्रेय बुवा भुवन केसीलाई जान्छ । बुवा जस्तै छोरा पनि सुपरस्टार भए । उनी नेपाली रजतपट आउनु भन्दा अघि नै चर्चामा थिए । होस्टलपछि उनको चर्चा झनर्् चुलियो । अहिले अनमोल ब्राण्ड बनाइसकेका छन् । त्यसैले होला उनलाई नेपाली फिल्ममा डेब्यु गर्न अन्य कलाकार जस्तो दुःख परिश्रम गर्नु परेन् ।
सुपरस्टारका छोरा मात्र भएर पनि नहुने रहेछ । डेब्यु गर्न जति सजिलो थियो । त्यो भन्दा झन् गाह्रो दर्शकलाई आफ्नो अभिनयमा भिजाउन सबै भन्दा कठिन छ । सबैले भने गर्छन् । भुवनले गर्दा अनमोल चलेको । तर यो वास्तविकता चाही होइन । अनमोलको लुक्स र युवा पुस्ताको रोजाईका कारण दर्शकको आँखा उनीमाथि परेको हो ।
अहिले झन् चर्चाको शिखरमा छन् । उनले फेरी नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको चलचित्र ‘एक्स ९’ प्रि–प्रोडक्शनदेखि नै चर्चामा छ । उक्त चलचित्रमा अनमोल अनुबन्धित भएका छन् ।
अनमोलले यस फिल्मको लागि ७५ लाख पारिश्रमिक लिएका छन् । यस्तो कोरोनाको महामारीका बेला कुनै फिल्म, हल खुलेका छैन् । तर, अनमोलको पारिश्रम दिनप्रति दिन झन् बढदैछ । उक्त फिल्म मल्टिस्टारलाई एक साथ स्क्रिनमा देखिने भएका छन् । नेपालमा अहिलेसम्मकै सबै भन्दा महँगो फिल्म निर्मण हुन् लागेको निर्देशक भट्टले बताए ।
यो चलचित्रमा अनमोल केसीसहित नायक सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतकोे अभिनय रहने पक्का भैसकेको छ । चलचित्रको छायांकन फ्रेबुअरी महिनाबाट यूरोेपका विभिन्न देशमा हुनेछ ।
चलचित्रका लागि अहिले मुख्य नायकहरु जिममा व्यस्त छन् । उनीहरु, दैनिक ३ घन्टा जिममा कडा मिहिनेत गरिरहेका छन् । वुझिएअनुसार, यो चलचित्रका लागि नायक अनमोल केसी र पुष्प खड्काले भारी मात्रामा तौल घटाउनुपर्नेछ ।
एक चरणको छायांकन सकिएपछि अनमोल र पुष्पले फेरि आफ्नोे तौलमा ५ किलो घटाउनुपर्ने भनिएको छ । नेपालकैै पहिलो ठूलो क्यानभासमा खिच्न लागिएको एक्सन चलचित्र अनमोल र पुष्पका लागि विशेष हुनेछ ।
उसो त यो फिल्मबाट सुपरस्टार अनमोलसँग देखिन लागेका पुष्पलाई झन बढी चुनौति छ । उनले अहिलेसम्म आधा दर्जन फिल्म खेलेपनि सफल देखिएका छैनन । यदि अनमोलसँगको फिल्म पनि सफल भएन भने पुष्प म्युजिक भिडियोमै सीमित हुनेछन् ।