काठमाडौँः काठमाडौँसम्मका काम स्थानीय तहबाटै होस् भनी जनचाहना र सङ्घीयताको मर्म एवं भावनानुरुप सहकार्यसम्बन्धी कार्यक्रमले ठूलो सहयोग पुर्याउने हुँदा सक्रिय सहभागी भई सहयोग गरिदिन विभागले सबै स्थानीय तहसँग आह्वान गरेको छ ।
कन्सुलर सेवा विभागले जनतासँग प्रत्यक्षरुपमा जोडिएका र विदेशमा जाने नेपालीले विभिन्न प्रयोजनका लागि प्रमाणित गर्नुपर्ने आवश्यक कागजात अनलाइन प्रमाणीकरण भने यसअघि नै सुरु भइसकेको छ । रासससँग कुरा गर्दै विभागका महानिर्देशक वलीले भने, “यही भदौ १३ गतेदेखि यो सेवा शुरु गरिएको छ, दैनिक एक हजारभन्दा बढी सङ्ख्यामा त्यस्ता निवेदन आइरहेका छन्, सरल हिसाबले सेवा प्रवाह सुरु गरेका छौँ, शैक्षिक प्रमाणपत्र र व्यावसायिक प्रमाणपत्र अनलाइनबाटै रुजु र प्रमाणीकरण हुन्छ, कागजात लिन मात्रै व्यक्ति उपस्थिति भए पुग्छ ।”
विभागले प्रमाणीकरण गर्ने गरी सुरु गरिएको अनलाइन सेवा भनेको कुनै पनि नेपाली नागरिक विदेश जानका लागि नेपालमा रहँदा आपराधिक गतिविधिमा संलग्न छैन भनी प्रहरीले दिने प्रतिवेदनको कन्सुलर प्रमाणीकरण हो । अहिले धेरै सङ्ख्यामा प्रमाणीकरणको काम आएकाले प्रहरी प्रतिवेदनबाट काम सुरु गरिएको विभागले जनाएको छ ।
महानिर्देशक ओली भने, “सेवाग्राहीलाई अनलाइनमार्फत निवेदन दिने र स्वीकत भएको सूचना प्राप्त हुन्छ, लागेको राजस्व पनि अनलाइनबाटै तिर्न सकिन्छ, अनि आफूले ल्याएको कागजातमा छाप र सही गराएर लैजान सक्छन ।” प्रहरी प्रतिवेदनका हकमा कुनै व्यक्तिले अमेरिका, खाडी वा दार्चुला जहाँ भए पनि इन्टरनेटको पहुँच भएका स्थानबाट अनलाइन निवेदन दिन र राजस्व तिर्न सक्ने छन् ।
प्रमाणित कागजात कुनै अर्को व्यक्तिले सङ्कलन गर्न सक्छ भने पनि परिचयपत्र देखाएर लिएर जानसक्ने व्यवस्था मिलाएको छ । इन्टरनेट वा वेवसाइटमा सबैको पहुँच नभएकाले उक्त प्रणाली सबैले चलाउन सक्ने अवस्थामा भन्ने प्रश्न छ । अनलाइन प्रणाली लागू भएसँगै विगतजस्तो विभागमा भिडभाड कम, सेवा सरल र सहजरुपमा भएको बताइएको छ । केही समयपछि विदेशमा पढ्न जाने विद्यार्थीका कागजात प्रमाणित कार्यलाई पनि अनलाइनमा लैजाने विभागले कार्ययोजना बनाएको छ ।
व्यवसायी र विद्यार्थी अनलाइन प्रविधिसँग जानकार भएकाले उनीहरुका लागि तत्कालै अनलाइन सेवा सुरु गर्ने योजना रहेको जानकारी दिइएको छ । विदेशमा परिवारलाई झिकाउन परेमा, अलपत्र परेमा, घाइते भएमा, अरु कुनै समस्या परेमा उद्धार गर्न, खोजतलास, उपचार र हकहित रक्षाका लागि मात्र होइन, विदेशमा रोजगारीमा जाँदा सर्वसाधारण जनतालाई आवश्यक पर्ने कागजात पनि विभागले प्रमाणीत गर्दै आएको छ । विदेशमा कुनै पनि नेपालीको निधन भई शव त्यही व्यवस्थापन वा स्वदेशमा ल्याउन पनि विभागमा अनिवार्यरुपमा निवेदन दिन आवश्यक छ । रासस