काठमाडौ । सत्तारुढ नेकपाभित्र घोषित शीतयुद्ध उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल पक्षबीचको घोषित शीतयुद्धमा सांसदहरुको भीडन्त शुरु भएको छ । प्रचण्ड-नेपाल र ओलीले सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेपछि भीडन्त नै शुरु भएको हो ।
ओली पक्षका सांसदहरु बालुवाटारमा दैनिक छलफल र योजना बनाइरहेका छन भने प्रचण्ड र नेपाल पक्षका सांसद कोटेश्वर तथा खुमलटार भेलामा छन । सचिवालय र स्थायी कमीटिमा अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्रीको कुर्सी जोगाउन अब सांसदको मात्रै भरोसा छ ।
प्रधानमन्त्री भएकाले पनि उनलाई विपक्षी गुटका मन्त्री तथा उनीहरु निकट सांसदको भरोसा रहेकाले बहुमत देखाउन हस्ताक्षर संकलन अभियान नै सुचारु गरिएको छ । पार्टीमा निरन्तर पेलेर कर्नरमा पार्न थालेपछि ओलीले सांसदहरुलाई हस्ताक्षर अभियान चलाउन निर्देशन दिएका हुन ।
बुधबार दिउँसो बालुवाटारमा ओली पक्षका सांसदले हस्ताक्षर अभियान थालेपछि खुमलटारमा रहेका प्रचण्ड र माधव नेपालले पनि आफ्ना सांसदको नामावली तयार गर्न लगाएका छन । जसमा ओलीभन्दा माधव नेपाल र प्रचण्डको पक्षमा धेरै सांसद छन ।
नेताको शीतयुद्धमा सांसदको भीडन्त
ओली पक्षका सांसद महेश बस्नेतको अगुवाईमा हस्ताक्षर अभियान शुरु भएपछि सांसदहरुबीच भीडन्त चलिरहेको छ । सत्तारुढ दलभित्र पनि सत्तापक्ष की प्रतिपक्ष भनेर सांसदहरुबीच तानातान नै भएको छ ।
यसबीचमा दुबै पक्षका नेताहरुले आफ्ना सांसदलाई काठमाडौँ बोलाएका छन । पार्टीको आन्तरिक र बैचारिक संघर्षमा जिल्लादेखि काठमाडौँ आउनुपरेपछि सांसदहरुमा पनि भीडन्तको असर देखिएको छ ।
प्रधानमन्त्री ओली संसदीय दलमा पनि अल्पमतमा नै छन ।उनलाई बहुमतका लागि ८८ जना सांसद चाहिन्छ । तर अहिलेसम्म उनका पक्षमा खुलेका ७८ जना सांसद मात्रै छन । प्रधानमन्त्री भएकाले केही ढुलमुल रहेका मन्त्रीहरु ओलीको पक्षमा जान सक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म त्यो स्थिती देखिदैन ।
सांसदको बहुमत पुगेमा ओलीले पार्टी फुटाउनेसम्म तयारी गरेका छन । सचिवलाय बैठक र स्थायी कमीटि बैठकले औपचारिक रुपमै राजीनामा माग्ने तयारी गरेपछि ओली सांसदको जोडघटाउमा लागेका हुन । बालुवाटारमा आफ्ना पक्षका सांसदसँग उनले पार्टी फुट्न सक्ने भन्दै परिस्थितीको सामना गर्न तयार रहन निर्देशन नै दिइसकेका छन ।
यस्तो बेलामा दुई तिहाईको सरकार बनाउने सांसदहरुबीचमा ठूलो चिन्ता थपिएको छ । स्पष्ट रुपमा पूर्व एमाले र पूर्व माओवादी भनिएको गुटमा ओली र मावध नेपालबीचको पदीय शीतयुद्धले सांसदहरुलाई थप अन्यौल बढेको छ । यसले प्रत्यक्ष रुपमा प्रचण्डलाई भने फाइदा पुगेको छ ।
सचिवालय बैठकमार्फत स्थायी कमीटि र स्थायी कमीटि बैठकले पनि केन्द्रिय समिति बैठक माग गरेको खण्डमा ओली, प्रचण्ड र माधव नेपाल पक्षबीचका सांसदबीच झन ठूलो मनमुटाव हुने देखिन्छ । जुन पाँच बर्षको म्याण्डेड लिएर सत्तामा पुगेको नेकपाका लागि ठूलो क्षतिको विषय हो ।