कर्णाली : नेपाली कांग्रेसको १४ औं महाधिवेशन वडा तहबाट चलिरहेको छ । कर्णालीका गाउँघरमा पनि यसको चहल पहल निकै छ । सोमबार मात्रै जुम्लाका ६० वडामा नेतृत्व चयन भएको छ । नेतृत्व सहमतिका आधारमै चयन भएको छ ।
वडा तहमा सहमतिका आधारमा नेतृत्व चयन भएपनि गाउँ नगरमा भने, गुटबाटै भीड्ने सम्भावना रहन्छ । गुट उपगुटको राजनीति कांग्रेसको पहिलेकै चलन हो । यसमा अच्चम मान्नुपर्ने कुरा केही छैन ।
यतिबेला जुम्लाका गाउँ बस्तीमा पुगेर कांग्रेस नेताहरुले कार्यकर्ताहरुलाई फकाइरहेका छन् । आ-आफ्ना गुटबाट नेतृत्व चयन गरिरहेका छन् ।
जुम्लाका वडामा अधिवेशन सम्पन्न भएसँगै केही गाउँ र नगरमा सहमतिकै आधारमा कांग्रेस नेतृत्व चयन हुनेवाला छ । केही भीड्ने छन् । जिल्लाको नेतृत्व त सहमतिका आधारमा हुने चान्स कम नै छ । कारण, आकांक्षी धेरै देखिएका छन् ।
अहिलेसम्म जुम्ला जिल्ला सभापतिको आकांक्षीमा वर्तमान सभापति दीपबहादुर शाही, सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले राखेका छन् ।
आकांक्षी धेरै भएपनि सभापति भने दुई गुटबाटै भिड्ने सम्भावना देखिन्छ । देउवा पक्षबाट सभापति शाही, पौडेल पक्षबाट सचिव शाही । अन्य आकांक्षीका रुपमा मात्रै प्रस्तुत हुने देखिन्छ ।
तर, यतिबेला जुम्ला कांग्रेसको नेतृत्व गर्ने महिलाको हिम्मत पनि जागेको छ । उसो त यो समाजका पुरुषहरुबाट सधैं पछि परेकी कर्णालीका महिलाहरु राजनीतिमा कम छन् । त्यसमा कान्तिका नमुना हुन् ।
कर्णालीका महिलाहरु चुल्हो र घाँस दाउरामै जीवन बिताइरहेकी छन् । राजनीतिमा आउने सम्भावना कम छ । यसबाट कान्तिकाले जुम्ला कांग्रेसको नेतृत्व गर्ने आँट राख्नु ठुलो कुरा हो ।
सधै गुटको राजनीति गरिरहेको कांग्रेसले यस पटक महिलालाई नेतृत्व दिन्छ त ? प्रश्न उठिरहेका छन् । प्रमुख सेजुवालले कांग्रेसको नेतृत्व गर्नु भनेको जुम्लाका महिलालाई राजनीतिमा सक्रिय बनाउनु हो । कर्णालीका महिलालाई चुल्हो घाँस दाउराबाट मुक्ति दिलाउनु हो । नेतृत्वमा ल्याउनु हो ।
कर्णालीका महिलाहरु दास बनिरहेकी छन् । यो प्रवृत्ति त्यागेर जुम्लामा कांग्रेसको नेतृत्व महिलालाई दिन्छन् ? आकांक्षा नहुँने होइन् सबैसँग हुन्छ ।
यस पटक जुम्ला कांग्रेसको नेतृत्व पनि दिन आवश्यक हो । त्यसमा कार्यकर्ताहरुको देन कस्तो रहन्छ, हेर्न बाँकी छ । सधैं पार्टीको भोट बैंक बनेका कार्यकर्ताहरुले यस पटक महिला नेतृत्वमा सेजुवाललाई ल्याउँछन् त ? ल्याउन जरुरी देखिन्छ । यो समाजमा पुरुषले राजनीति धेरै गरे । यसकारण महिला नेतृत्व आउन जरुरी भएको अधिकारकर्मीहरु बताउँछन् ।
उनको राजनीति लगायत अन्य ठाउँमा क्षमता कम भने, होइन् । दुई विषयमा स्नातकोत्तर गरेसँगै समाजसेवामा पनि सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । कान्तिका जुम्लाका पूर्वसभापति मानव सेजुवालकी श्रीमती हुन् । मानव सेजुवालको २०७१ सालमा विमान दुर्घटनामा परी मृत्यु भएको थियो । उनको परिवारबाट कांग्रेस राजनीतिमा त्याग पनि कम छैन ।