हेल्लो 'बा' सञ्चै छौं ?
आशा छ, सञ्चै होलाऊ ।
खबर नपाएको २० वर्ष पूरा भयो ।
कहिले सपनामा झाल्लझुल्ल देखिन्छौं ।
आजभोलि त सपना देखाउन पनि छोड्यौं ।
तिमीलाई सम्झिरहन्छु 'बा'
तिमी पो निष्ठुरी बन्यौं ।
खै थाहा छैन, मैले भनेको तिमीले सुन्यौं या सुनेनौं ।
आशा छ, सुन्यौं होला ।।
सुन्यौं भने, यो पनि सुन्नु हैं ।
आज त कुशे औँसी रहेछ, तिम्रो मुख हेर्ने दिन ।
मैले तिम्रो त हिजो नै मुख हेरिसके 'बा'
तिम्रो ।।
त्यो सपनामा, ठिकै छ, तिम्रो मुख त सधैं हेर्न मन थियो ।
तर, भाग्यमा अल्पायु मृत्यु लेख्यौं ।
लौं 'बा' आज तिम्रा जस्तै अनुहार सामाजिक सञ्जालमा भरिएका छन् ।
मलाई पनि हाल्न मन थियो ।
तर, मैले त तिम्रो फोटो समेत खिच्न पाइन् ।
जे भएपनि तिम्रो अभावमा चित्त बुझाउँदै छु ।
यो सामाजिक सञ्जालले पनि बिर्सेका 'बा' लाई सम्झाइदिन्छ ।
बिहानै उठेको सबैले मेरा 'बा' यस्ता उस्ता भनेका थिए ।
मलाई पनि लेख्न मन थियो । मेरा 'बा' यस्ता उस्ता ।
मेरो भाग्यमा पनि 'बा'को खबर सुनाउनु लेखेन् ।
सम्झनामा 'बा'
अर्को जन्म तिमीसँगै पुरा जुनी बिताउन पाउँ ।।
अ साँच्चै मैले त एउटा कुरा छुटाएछु...
फेसबुकमा रंगिएका 'बा'लाई पनि धेरै शुभकामना ।
मिस यू 'बा' लभ यू 'बा'
- घर जाजरकोट, हाल काठमाडौं