एजेन्सी : साँझ सुतेर बिहान उठ्दा कहिलेकाहिँ तपाईंको शरीरमा निलो दाग देखिन्छ ? यस्तो दाग दुख्छ पनि होला ! तर, के तपाईंलाई थाहा छ कि यस्तो दाग र चोट किन लाग्छ ?
यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग ? के यसले स्वास्थ्यमा असर गर्छ ?
बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन । सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ ।
बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति छ । एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ ।
किन बस्छ निलो दाग ?
छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ । चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।
खानामा पोषण तत्वको कमि
रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको आवश्यकता पर्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ । जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।
क्यान्सर र किमोथेरापीका कारण
तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।
औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।
वंशाणुगत रोग हिमोफिलियाका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ । यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ ।
बढ्दो उमरका कारण
बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।