काठमाडौं : युवा पुस्ताले निकै नै रुचाएका नायक सौगात मल्ल र अनुप बिक्रम शाही हुन् । उनीहरुको लोकप्रियता दिनप्रति दिन उच्च हुँदै छ । उनीहरुले यो भन्दा अघि पनि फिल्म एक साथ काम गरिसकेका छन् । उनीहरुको प्रतिक्षित फिल्म 'लप्पन छप्पन २' रिलिजको तयारीमा छ ।
कोरोनाको कारणले धेरै चोटी रिलिज मिति पनि परिवर्तन भइरहेको छ । उक्त फिल्म चार भाषा रिलिज हुने भएको छ । नेपाली, हिन्दी, भोजपुरी, मैथली गरि चार भाषामा रिलिज हुँदैछ । भने उनीहरुले अभिनय गरेको अर्को नयाँ फिल्मको फस्ट लुक्स सार्वजनिक भएको छ ।
निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेको नयाँ फिल्म 'जार' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त पोस्टरमा नायिका गीताञ्जली थापा लिड रोलमा देखिएकी छन ।
अन्य फिल्म भन्दा यो फिल्ममा नायिकालाई केन्द्रमा राखिएको छ । पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ । फेर्री टेल पिक्चर्सले ‘होप रिल एन्ड एलए सर्ट्स’ सँगको सहकार्यमा निर्माण भएको हो l
नेपाली कलाकार धेरै बलिउडमा आकर्षित हुन्छन् । तर बलिउडमा आफ्नो मोडलिङ करियर सुरु गरेकी गीताञ्जलीले बलिउडलाई छोडेर नेपाली फिल्म देखिएकी छन् । रजतपटमा डेब्यु गरेकी छन् । गीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता नायिका हुन् ।
भारतको सिक्किममा छायांकन भएको फिल्ममा सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ । यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको 'जार' मा केन्द्रीय द्वन्द्व नै महिला पात्र हो ।