काठमाडौं : ज्योतिष शास्त्रका अनुसार जन्मदिन खास तिथि अनु’सार मनाउनु राम्रो मानिन्छ । जन्मदिन मनाउँदै गर्दा केही गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ कतिलाई थाहा नहुन पनि सक्छ । यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् ।
कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन् । त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाइरहेका हुन्छौं । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ ।
जन्मदिनको दिन हामी इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । तर त्यसबखत् हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौं । केहि कामहरु छन् जुन तपाईले जन्मदिको बेला भुलेर पनि गर्नुहुँदैन । यस्ता कामहरु जुन गर्दा तपाइले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।
१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने : आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।
२. हत्या हिंसा गर्नु हुँदैन : जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषत: जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जिवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जिवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो तर जन्मदिनको दिनमा चाही भुलेर पनि यो गल्ति नगर्नुहोस् ।
३. मांसाहारी भोजन नगर्ने : जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, वियर र रक्सि) सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।