जुम्ला : नेकपा एमालेबाट निर्वाचित जुम्लाका ४४ जना प्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । सिंजा गाउँपालिकाकी उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा संख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।
उनका अनुसार सनाखत गर्न आएको तथ्यांक अनुसार २०७५ सालमा नेकपा एमालेबाट अध्यक्ष १, उपाध्यक्ष १, जना वडाध्यक्ष १७, महिला सदस्य १८, दलित सदस्य १३, अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए ।
जसमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजबादी पक्षमा सनाखत गरेका छन् । भने, नेकपा एमाले नेता धिरेन्द्र गिरीका अनुसार ९५ जना जनप्रतिनिधि मध्य २ जनाको मृत्यु भएको र ३ जनाले पार्टी परित्याग गरेको एकीकृत समाजवादी पार्टीका नेता आदीप्रसाद न्यौपानले बताए ।
बाँकी ९० जनामा रहेको बताउँदै उनले कतिले समाजवादीमा सनाखत गरे भन्ने जानकारी नभएको समेत बताए । उनका अनुसार पार्टी परित्याग गर्नेमा श्रीकृण कामी सदस्य, गंगा थापा सदस्य र सुस्मिता कठायत रहेका छन् ।
न्यौपानेका अनुसार ९० जनमा ४४ जनाले सनाखत गरेको र बाँकी ६ जनाले सनाखत गर्न पाएका छैनन् । जसमा भैरबहादुर रोकाया हिमा गाउँपालिका, हरि प्रसाद श्रेष्ठ बजार, जनक थकाली कार्यपालिका सदस्य गोठीचौर, गोर्ख एैडी गोठीचौर, लक्ष्मी रोकाया, सरा रावतले सनाखत गर्न नभ्याएका हुन ।
एकीकृत समाजवादी पार्टीका नेता न्यौपानेले भने, ‘एकीकृत समाजवादी पार्टीका ६ जना मध्ये एक जना बिरामी भएको एक जनाको नागरिकता नभएको र ४ जना जिल्ला बाहिर रहेकाले सनाखत गर्न नसक्नु भएको हो’ । उनले ५० जना जनप्रतिनिधिले समाजवादी रोजेको बताए ।
समाजवादी पार्टीमा सनाखत गर्नेमा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री रहेकी छन् । भने, गुठिचौर–१ का वडाध्यक्ष गणेश एैडी, गुठिचौर–२ का वडाध्यक्ष पृथ्वी बहादुर बुढा, चन्दननाथ नगरपालिका–८ का वडाध्यक्ष नरजित दमाई, चन्दननाथ–६ का वडाध्यक्ष अज बहादुर रावल, चन्दननाथ ७ का वडाध्यक्ष नरविर रावलले समाजबादी पार्टीमा सनाखत गरेका हुन् ।
त्यस्तै, कनकासुन्दरी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष धनजीत रोकाया, सिंजा गाउँपालिकाका –४ का वडाध्यक्ष धनबहादुर बुढा, सिंजा–५ का वडाध्यक्ष मुन बहादुर रावत, हिमा गाउँपालिकाका – २ का वडाध्क्ष नैनसिंह बुढा, हिमा – ३ का वडाध्यक्ष सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका – ७ का वडाध्यक्ष लाल बहादुर बुढाले गरी ११ जना वडाध्यक्षले एकीकृत समाजबादी पार्टीमा सनाखत गरेको एकीकृत समाजवादी पार्टीका नेता आदीप्रसाद न्यौपानले बताए ।
सनाखतपछि बोल्दै गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष गणेश एैडीले पार्टीको विधिविधान र पद्धती विपरित काम गर्ने केपीको पक्षमा लाग्नेहरुको भविष्य नरहेकोले सामाजबादी रोजेको बताए । उनले भने, ‘दुई पटक संसद विघटनदेखि पार्टीभित्र दम्भ र अहंकारले चरम सिमा नाघेपछि अन्नत पार्टी फुट्यो । पार्टी भित्र मनपरी गर्ने, राज चलाउन खोजेपछि गएर भविष्य देखिन । त्यसैले हामी सबै जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हौं ।