जाजरकोट : नेपाल स्वास्थ्यकर्मी संघ बारेकोट गाउँपालिका अध्यक्षमा डम्बर विक्रम कार्की चयन भएका छन् । मंगलबार बारेकोटमा भएको बैठकबाट उनी अध्यक्षमा चयन भएका हुन् । स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरूको पेशागत हकहितको संरक्षण र संवर्द्धनका गर्न आफु लागि पर्ने अध्यक्ष कार्कीले बताए ।
अध्यक्षमा कार्कीसँगै खुल्ला उपाध्यक्षमा खिमराज हमाल र तप्तबहादुर नेपाली, सहकारी उपाध्यक्षमा मोहन श्रेष्ठ, उपाध्यक्षमा लोकेन्द्रबहादुर सिंह, कल्दरी रोकाया, समावेशी उपाध्यक्षमा जयबहादुर नेपाली, सचिवमा, हरिबहादुर शाही, कोषाध्यक्षमा निर्मला नेपाली, सह–सचिवमा विष्णुराज जैसी, सर्मिला बि क, युवा सह–सचिवमा गणेशबहादुर सिह चयन भएका हुन् ।
यस्तै सदस्यमा पार्वती शाही, अम्बिका गिरी, दयन्ति घर्ति, नबराज महतारा, कन्चना बिक, मिना बस्नेत, निमबहादुर खडका, दिपेन्द्रबहादुर शाह, मिरा शाही, लिला कुमारी शाह, चयन भएका हुन् ।
उक्त कार्यक्रममा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटका सचिव भुमिलाल रोकाय, बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, नेपाली कांग्रेस बारेकोट गाउँपालिका सभापति रामचन्द्र ज्योती, नेपाल स्वास्थ्यकर्मी संघका निवर्तमान केन्द्रिय सदस्य विरराज सिंह, संघ जिल्ला अध्यक्ष बिष्णुराज ज्योती लगायतको उपस्थितीमा सम्पन्न भएको हो । अध्यक्ष कार्की योसँगै समाजसेवामा पनि उत्तिकै चासो राख्दै आएका छन् ।