काठमाडौं : मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।
हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ ।
जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ । आफ्नो संवेदना, भावना, सोच र बानीलाई व्यवस्थापन गर्न सक्छन् र जीवनलाई सफल बनाउँछन्।
माछा
मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।
अनार
स्मरणशक्ति बढाउने तरिकाहरू मध्ये एउटा हो । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।
बदाम
बदाममा अन्य धेरै पोषक तत्व हुन्छन्, जस्तै, म्यागाजिन, कपर, राइबोफ्लाविन आदि । यी सबै तत्वले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्दछन् । नियमितरूपमा बिहान उठेर अघिल्लो दिन रातभर पानीमा भिजाएको १० वटा बदाम खाँदा दिमाग तेज हुन्छ । बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ । यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ ।
ओखर
क्यालिफोर्निया युनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरूमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन् । मस्तिष्क आकारको ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ ।
गाजर
गाजर पौष्टिकताले भरिपूर्ण छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हो, नभए दिनको दुईतीनचोटि खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।
अमला
बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ । यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।
गोलभेडा
दैनिकरुपमा हाम्रो भान्सामा प्रयोग हुने गोलभेडा स्वास्थ्यका लागि निकै लाभदायक छ । गोलभेडामा भरपूर एन्टीअक्सिडेन्ट तथा लाइकोपिन पाइन्छ जसले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पुर्याउँछ । दैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । गोलभेडालाई जुनसुकै तरिका तरकारी, सलाद तथा अचारको रुपमा प्रयोग गरेर खान सकिन्छ ।
कफी
सहि तरिकाले ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । कफीको दैनिक सेवनले आलस्यता टाढा भाग्नुका साथै मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्छ । ब्ल्याक कफीमा क्यालोरीको मात्रा धेरै कम हुन्छ र यसमा क्याल्सियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ । बिहानको कफी सेवनले स्मरणशक्ति तेज र मस्तिष्कको क्षमता बढाउँछ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।
मह
हाम्रो दैनिक जिवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।
दिमागलाई बलियो बनाउने अन्य १० उपायहरु
१. आफूले आफैलाई चिन्न दिनमा १५ मिनेट समय देउ,
२. दिनमा कम्तीमा पनि एउटा गाह्रो काम गर,
३. आफ्नो एउटा नराम्रो बानी छोड,
४. चुनौतीको पहिचान गर लक्ष्यलाई चिन,
५. आफ्नो बलियो र कमजोर पक्षको पहिचान गर,
६. दिनहुँ टिपोट गर्ने, आफूले आभार भएका घटनालाई लेखेर राख्ने गर्नुपर्छ,
७. दिनको १० ओटा उपायहरु लेख्नुहोस, जसले तपाईको उपाय बताउने मांशपेशीलाई स्वस्थ्य राख्छ,
८. आफैसँग सकारात्मक संवादको विकास गर्ने,
९. आफ्नो शरीरको ख्याल राख्ने,
१०. स्वस्थ्य वातावरणको निर्माण गर्ने ।