काठमाडौं : सवारी साधन यात्रा गर्दा टाउको दुख्ने ,रिगंटा लाग्ने र वान्ता हुने व्यक्ति यात्रा गर्ने भन्ने वित्तिकै तर्सन्छन् । यात्रामा हुने बिरामीलाई मोसन सिकनेस भनिन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ ।
कतिपय मानिस त झन् बान्ता भएकै कारण बिरामी समेत हुन्छन् । कोही मानिसमा यात्रामा निस्कन साथ बान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा यो समस्या देखा पर्छ । बान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो ।
बसको यात्रा गर्दा कसैलाई पटक्कै उल्टी हुँदैन। कसैलाई कहिलेकाहीँ र कताकति उल्टी हुन्छ भने कसैलाई अति नै उल्टी हुन्छ। कसैलाई त बस यात्रा भनेको जीवनमरणको चुनौती नै हो जस्तो पनि लाग्छ। उल्टी हुँदा सुरुमा प्रायः खाली तातोपानी, पानी सकिएपछि शरीमा भएको अन्नहरू, त्यो पनि सकिएपछि पेटमा भएका आन्द्राभुँडी नै फर्केर आउलाजस्तो हुन्छ ।
हाम्रा बाटाहरू प्रायः बाङ्गाटिङ्गा भई १० किमी पार गर्दा २० वटा घुम्ती पार गर्नुपर्ने अवस्था छ। छोटो यात्रामा भन्दा लामो यात्रामा, सोझो बाटोमा भन्दा घुम्ती बाटोमा बढी उल्टी हुनु स्वभाविकै हो। उल्टी हुनु नहुनुमा मानिसको प्रकृति तथा स्वस्थ र अस्वस्थ अवस्थाले पनि फरक पार्छ। यदि तपाइँहरूलाई पनि लामो यात्रा गर्दा उल्टी हुने गरेको।
बान्ता हुँदा केके गर्ने :
- मास्को प्रयोग गर्ने ।
- यात्रा गर्दा खाना खाने ।
- टाढाको दृश्य हेर्ने ।
- चिल्लो कम भएको खानेकुरा खाने ।
- दुग्धजन्य पदार्थ,गुलियो नखानु नै राम्रो हुन्छ ।
- यसका साथै यी चिहरुले पनि बान्ता गर्ने समस्यामा कमी नआएमा बान्ता रोक्ने औंषधी प्रयोग गर्ने ।
बान्ता रोक्ने केहि घरेलु उपायहरु यस प्रकारका छन्:
ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।
जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ।
जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।
आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ।
अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ।