काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा गुट झांगिदै गएको छ । गुट यति बलियो बनेको छ की प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षित महसुस गर्न छाडेका छन । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणले आफूलाई समेत विवादमा तानेपछि ओली अर्का अध्यक्ष प्रचण्डबाट त्रसित छन ।
यस्तो अवस्थामा सचिवालयमा आफूलाई बलियो बनाउन ओली निकै शक्ति खर्चिरहेका छन । बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरु प्रचण्डको कित्तामा पुगेपछि ओली एक्लिएका छन । मन्त्रीपरिषदमा समेत ओली एक्लिरहदा सचिवालय उनको प्रतिकूल भइरहेको छ ।
यस्तो अवस्थामा ओलीले बामदेव गौतमको साथ खोजिरहेका छन । कसैगरी सांसद बनाउन संविधान संशोधन गर्न तम्सिएका ओली मन्त्रीपरिषदमै ल्याएर बामदेवलाई भरोसा गर्न लायक सारथी बनाउन खोजिरहेका छन । यो ओली नभई स्वंयम बामदेवकै आशक्ति देखिन्छ ।
वामदेव आफै नेकपाभित्रका महत्वपूर्ण नेता समेत हुन । उनैले प्रचण्डको माओवादीलाई एमाले समाहित मात्रै गराएनन । दुबै पार्टीलाई समान जित दिलाएर एकता गराई नेकपा बनाए । पार्टीलाई दुई तिहाई बहुमत दिलाउने काम गर्दा आफू भने बर्दियामा कांग्रेस सामान्य नेतासँग हारे ।
वामदेवसँगै अर्का महत्वपूर्ण नेता नारायणकाजी श्रेष्ठले गोरखामा बाबुराम भट्टराईसँग हार व्यहोरे । तर नारायणकाजी राष्ट्रियसभामा प्रवेश गरेपछि ओलीले पनि वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णायक गोटी चालेका छन । यसप्रति वामदेव नै बढी आशक्त छन । उनी सत्ता र शक्तिविहिन हुन जानेका छैनन ।
राष्ट्रियसभा सदस्य बनाउने सचिवालयको निर्णय
यसैबीच बुधबार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले मन्त्रीपरिषदले मनोनित गर्ने ३ जनाभित्रमा बामदेवलाई समेत पार्ने गरी राष्टियसभामा लैजाने निर्णय गरेको हो ।
बामदेव राष्ट्रियसभामा जाने भएपछि अहिलेका अर्थमन्त्री युवराज खतिवडा र राष्ट्रियसभा सदस्य रामनारायण बिडारीमध्ये एक जना फिर्ता हुने सम्भावना बढेको छ ।