काठमाडौँ : तीज मात्रै यस्तो एउटा पर्व हो, जहाँ नारीका लागि सबैथोक स्वतन्त्रता हुन्छ । पछिल्लो केही दिन यता तीज चलिरहेकै छ । धेरेको मोबाइलमा अहिले पनि तीज गीत बजेकै छन् । टिकटकमा तीज गीतमा नाच्दै गरेका दृश्य देखिन्छन् । हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिनसम्म मनाउने तीजको रौनक अझै कायमै छ ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमय रुपले मनाउने तीज आफैमा एउटा उत्सव हो । उसो त तीजलाई अन्य धर्मका महिलाहरुले पनि उल्लासका साथ मनाउने गर्छन । यसकारण तीज हिन्दु मात्रै होइन, धेरै महिलाका लागि साझा चाडपर्व हो ।
अघिलो साल कोरोना महामारीले गर्दा तिजमा नाच गान गर्न धेरैले पाएनन् । तर यसपटक पोहोरसाल भन्दा तीजको रौनक छ । देशभर तिजको रौनक कायमै रहेका बेला धेरैको नजर नेपाली नायिकातिर पनि छ । पोहोर साल फेसबुक र टिकटकमा तीज मनाएका उनीहरुले यसपटक चाँही कसरी मनाए त ? केही नायिकाको तीज सेलिब्रेशन हेरौँ:
रेखा थापा
नेपाली चलचित्र हेर्ने जो कोहीको मुखमै झुण्डिएको नाम हो, रेखा थापा । यत्रो समय कोरोनाको महामारीमा घरमै फिटनेस र जिममा व्यस्त छिन् उनी । अहिले थापा आफुलाई १६ बर्ष युवती जस्तो देखाएको त हामीले देखेकै छौं । कोरोना महामारीको बेला के गर्दै छ त नायिका ? भनेर प्रश्न गर्नु पनि ठिकै हो । त्यसमाथि उनी सबैकी प्रिय र लोकप्रिय नायिका भएपछि । यो दर्शकले आफ्नो रुचाएको नायिकालाई प्रश्न गर्ने गर्छन् । आखिर उनको तीज कस्तो रह्यो त ?
फेसबुकमा रेखाले लेखेकी छन्, ‘पर्खेर पाउने, आशा गरेर खाने, पूजा गरेर खुशी पार्ने अनी डराएर बाच्ने जीवन बाट मुक्तिको लागि तिज एउटा अवसर । फेरी अर्को पनि ‘जीवनका कुनै न कुनै हिस्सा भित्र कुनै न कुनै उत्सव लुकेको हुन्छ। तीज भनेको विरहको बिच एउटा उत्सव हो।’
केकी अधिकारी
पछिल्लो समय निकै चर्चा बटुल्न सफल नायिका हुन् केकी अधिकारी । उनी सुन्दरतासंगै अभिनयमा पनि उतिकै खपिस छन् । उनले थुप्रै चलचित्र खेलिन् । तर चलचित्र सफल भएन । नाम चाइ चर्चित छ । कमेडी च्यापिएनबाट झन् चर्चामा आएकी छन् ।
उनले आफ्नो फेस्बूकमा यस्तो लेखेकी छन् 'तीजको अवसर पारेर हामीले राजकुमारी डायनाले प्रयोग गर्ने गरेका मेकअप लुकको भिडियो बनाएका छौँ । आजको दिन तपाईं पनि गरेर हेर्नुस् है। तीजको असीमित शुभकामना !! उनले भिडियो मार्फत पनि शुभकामना दिएकी छन् ।
स्वस्तिमा खड्का
सुन्दरता र अभिनयले दर्शकलाई लालयित गराउने नायिकामध्ये एक हुन्, स्वस्तिमा खड्का । ‘कुटुम कुटु सुपारी दाना’ गीत र चलचित्र ‘बुलबुल’बाट नाम कमाएकी नायिका स्वष्तिमा अहिले सर्वाधिक रुचाएकी नायिका हुन् ।
उनले पनि आफ्नो फेसबुकमा तीजको रमाइलो गरेर मनाएकी छन् । नायक तथा चलचित्र निर्देशक निश्चल बस्नेतसँग विवाह गरेपछि स्वष्तिमा चम्केकी हुन् ।
बर्षा रावत
'नाइँ नभन्नु ल ४' बाट चर्चामा आएकी नायिका हुन् वर्षा रावत । उनले त्यस पछि धेरैमा चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी विविध कारणले चर्चामा आएकी हुन्छन। कहिले उनले बोलेका शब्द र कहिले उनको पहिरनले विविद मुछिएकी छन्
उनले आफ्नो फेसबुकमा लेखेकी छन् 'नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको, सम्पूर्णमा शुभकामना..!!'
आँचल शर्मा
'नाइँ नभन्नु ल ४ 'बाट चर्चामा आएकी नायिका हुन् आँचल शर्मा । उनले थुप्रै चलचित्र खेलिन । उनी पछिल्लो उनी चलचित्रभन्दा पनि म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
उनले आफ्नो फेसबुकमा लेखेकी छन् 'हरितालीका तीजको हार्दिक मंगलमय शुभकामना !! लेखेर शुभकामा दिएकी छन् ।
वर्षा सिवाकोटी
सधै चर्चा कमाउन सफल नायिका हुन् बर्षा सिवाकोटी । उनले पनि धेरै चलचित्रमा काम गरेकी छन् । अभिनयसंगै सुन्दरताले दर्शकलाई उतिकै प्रभावित परेकी छन् । उनका सम्झनालायक धेरै चलचित्र छन् । त्यस मध्य एक हो 'पशुपति ' ।
यस्ता धेरै चलचित्र खेलेकी वर्षाले सामाजिक सञ्जालमा शुभकामना लेखेर तीज मनाएकी छन् ।