काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आन्तरिक विवाद चर्किएपछि उत्तरी छिमेकी चीनले माइक्रोम्यानेजमेन्ट गर्न चाँसो व्यक्त गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरुसँ छुट्टाछुट्टै भेटवार्ता गरेर पार्टीभित्रको विवादका विषयमा छलफल गरेकी छिन ।
शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरेर राजदुत यान्छीले पार्टीको आन्तरिक विवादका विषयमा चाँसो राखेकी छिन । उनले विवाद समाधान हुनै नसक्ने हो वा पार्टी फुटको दिशामा अघि बढिसकेको हो र ? भनेर प्रश्न गरेको खुमलटार स्रोतले जनाएको छ ।
जवाफमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सिद्धान्त विपरित पार्टी र सरकार चलाएकाले पछिल्लो परिस्थिती उत्पन्न भएको बताएका छन । उनले यो विवाद छिट्टै समाधान हुने र परेको खण्डमा सहयोग गर्न पनि राजदुत यान्छीलाई आग्रह गरेका छन ।
तर प्रचण्डले निकालेको विज्ञप्तीमा भने कोरोना रोकथामका लागि चिनिया सहयोगको विषयमा छलफल भएको मात्रै उल्लेख छ । खुमलटारपछि कोटेश्वर पुगेर राजदुत यान्छीले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी छन ।
नेता नेपालसँग पनि यान्छीले पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा चाँसो राखेकी थिइन । नेता नेपालले अहिले देखिएको विवाद छिट्टै समाधान हुने तर सरकारलाई कुनै असर नपर्ने बताएका नेता विष्णु रिजालले जानकारी दिए ।
यसअघि हिजो बिहीबार राजदुत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन । पछिल्लो समय नेपालमा चीनले माइक्रोम्यानेजमेन्टका रुपमा प्रत्यक्ष हात हालेको छ । यसअघि सरकार तथा सत्तारुढ पार्टीमा भारतीय राजदुतले प्रत्यक्ष हस्तक्षेप गर्न चाँसो राख्थे ।
चिनिया राष्ट्रपति सी जिनपिंगको भ्रमणपछि नेपालमा चीनको सहयोग, चाँसो र भेटवार्ता बढेको छ । तर चीनले जतिसुकै चाँसो दिएपनि स्थायित्व, शान्ति र स्थिर सरकार चाहेको राजदुत यान्छीले बताउने गरेकी छिन