सिमकोट : गत भदौ १८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको वडा अधिबेशनबाट नयाँ वडा सभापति सर्वसम्मत चयन भएका छन् । नयाँ र युवाहरुको बर्चश्व रहेको कांग्रेसको वडा सभापतिमा पार्टी एकताको सन्देश दिदै चयन भएका हुन ।
४३ वडाका वडा सभापति
६ वटा वडा रहेको नाम्खा गाउँपालिकाको - १ मा कुन्छाङ तामाङ, २ मा नाम्ग्याल लामा, ३ रिन्जीन तामाङ, ४ मा सुन्डुप तामाङ र ५ मा ग्याम्जु लामा चयन भएका छन् ।
त्यसै गरि आठ वटा वडा रहेको सिमकोट गाउँपालिकाको- १ मा इन्द्र लामा, २ मा गोर्ख बोहरा, ३ मा छिरिङतान्वा लामा, ४ मा आङ्ग्याल लामा, ५ मा कुल रावत, ६ ऐटन रावत, ७ बलविर शाही र ८ मा कल बहादुर वुढा सर्वसम्मत चयन भएका हुन ।
त्यसै गरी खार्पुनाथ गाउँपालिकाको - १ मा राज बहादुर बुढा, २ मा कुलकन्न जेठारा, ३ मा सुरु बुढा, ४ मा लोकराज उपाध्याय र ५ मा भक्त बहादुर शाही चयन भएका छन् ।
यता सर्केगार्ड गाउँपालिकाको आठ वटा वडामा वडा - १ मा सुवास रावत, २ मा पदम कार्की, ३ मा मीम बहादुर फडेरा, ४ मा कृष्ण बहादुर छत्याल, ५ मा उज्जल रोकाया, ६ मा धनजय बुढाथोकी , ७ मा बिष्णु छत्याल र ८ मा रण बहादुर रोकाया चयन भएका छन् ।
चंखेली गाउँपालिकामा - १ मा अदानसिंह भण्डारी, २ मा हर्कसिंह नेपाली, ३ मा खड्क ऐडी, ४ मा कालु बुढाथोकी, ५ मा भक्त थापा र ६ मा सोनाम लामा सर्बसम्मत चयन भएका हुन ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको - १ मा कल महतारा, २ मा हरिसचन्द्र बुढा, ३ मा पदम थापा, ४ मा पुर्वलाल जैसी, ५ मा सुरेन्द्य्र छत्याल र ६ मा हर्कधन बुढा चयन भएका छन् ।
त्यसै गरि ताँजाकोट गाउँपालिकामा - १ मा कन्न खड्का, २ मा जयरुप जैसी, ३ मा हिरालाल जैसी, ४ मा लिला बहादुर थापा र ५ मा धनविर ऐडी छनौट भएका हुन ।