सिमकोट - राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको जिल्ला अधिवेशनले युवा नेता विकास महतलाई जिल्ला अध्यक्षमा सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउनका लागि अन्य आकांक्षीलाई सहमत गराएर महत सर्वसम्मत नेतृत्वमा पुग्न सफल भएका हुन् ।
एक दिन सञ्चालन भएको अधिबेशनले महतलाई नेतृत्वमा चयन गरेको हो । एकताको अधिवेशनले अध्यक्ष महतको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति पनि सर्बसम्मत रुपमा चयन गरेको छ । केन्द्रीय पर्यवेक्षक एवं उक्त पार्टीका कर्णाली प्रदेशका उपाध्यक्ष जनक सिंह ठकुरीको उपस्थितीमा सम्पन्न भएको अधिवेशनले अध्यक्ष महत, सहअध्यक्षमा हर्क बहादुर शाही, उपाध्यक्षमा तीन जना कमला रावत, प्रेम रावत र नरेन्द्र शाहीलाई चयन गरेको छ ।
त्यसै अधि कोषध्यक्षमा जय रावत, सचिबमा तेज बहादुर रावत, सहसचिवमा नन्द रावत र हाँसु बुढा चयन गरेको नवनिर्बाचित अध्यक्ष महतले जानकारी दिए । त्यसै गरि अधिबेशनबाट सदस्यमा फुन्जोक लामा, छापे ऐडी, दिप बहादुर शाही लगाएत अन्य नौ जना चयन गरेको छ । त्यसै गरि राप्रपा केन्द्रीय सदस्य लाल बहादुर शाही, बृर्ष बहादुर महत र निबर्तमान जिल्ला अध्यक्ष काली बहादुर शाहीलाई बरिष्ठ सदस्यमा चयन गरेको छ ।
यसअघि आजै भएको अधिबेशनको उद्घाटन सत्रमा पृथ्वी नारायण शाहको तस्विरमा माल्यापर्ण गरेर अधिबेशनको उद्घाटन गरिएको थियो । सो कार्यक्रममा नेकपा एमाले अध्यक्ष दल बहादुर रावत, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तिर्थराज रोकाया, पत्रकार महासंघका अध्यक्ष राजन रावत लगाएतले अधिबेशन सफलताको शुभकामना दिएका थिए । दुई दिनसम्म सञ्चालन गर्ने भनिएको राप्रपा जिल्ला अधिबेशन नेतृत्व सर्वसम्म्त चयन भएपछि एक दिनमै सम्पन्न भएको थियो ।