काठमाडौं : हामी सबैभन्दा यता उता जादा होस् । कै तरकारी वा समान लिन । र अफिसमा जादा सबैभन्दा कपाल सुन्दर, कमलो र चमकदार होस् भन्ने चाहन्छौं । कपाल धेरै नझरोस् र जस्तो स्टाइल पार्न पनि मिलोस् भन्ने पनि हाम्रो चाहना हुन्छ ।
आजकलका विज्ञापनले पनि यो चाहनालाई लक्षित गरिरहेका हुन्छन् । दिनभर आफुले गर्ने कामहरुको बारेमा ध्यान नदिँदा नै कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ । त्यति मात्र हैन् कपालको स्यहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय केटा मानिसहरुको त तालो नै खुइलिन्छ ।
तर पनि कपाल किन राम्रो बन्दैन ? धेरै व्यक्ति यही प्रश्नको सही जवाफ खोज्न नसकेर तनावमा देखिन्छन् । कपालको केयर गर्दा अधिकांशले केही न केही गल्ती गरिरहेको पाइन्छ ।
हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ। त्यो बेला हामीले केही गल्ती गर्यौ भने हाम्रो टुक्रिने तथा कपाल झर्ने समस्या बढ्न थाल्दछ। लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ।
कहिल्यै नगर्नुहोस कपाल नुहाउँदा गल्तीहरु :
स्याम्पुको प्रयोग
रेगुलर स्याम्पु गर्दा कपाल राम्रो हुन्छ भन्ने बुझाइ अधिकांशमा छ । तर, रेगुलर स्याम्पु गर्नु कपालको स्वास्थ्यका लागि ठीक होइन । स्याम्पुमा भएको डिटर्जेन्टका कारण कपाल ड्राई हुने खतरा रहन्छ । ड्राई हुँदै गएपछि कपाल ड्यामेज हुने र टुक्रिने गर्छ । कम्तीमा एक दिन बिराएर स्याम्पु गर्नु कपालका लागि राम्रो हुन्छ ।
तातोपानीले ननुहाउनुस्
तातो पानीले कपाल नुहाउने कतिपयको बानी हुन्छ । यो कपालका लागि गल्ती काम हो । तातो पानीले कपाललाई सुक्खा बनाएर झर्ने स्थितिमा पुर्याउन भूमिका खेल्छ । नुहाएपछि कपालमा दिइने हिटिङले पनि कपाल सुक्खा गराएर ड्यामेज गराइदिन सक्छ । यी दुवै गल्तीले कपालको रङमा समेत नकारात्मक प्रभाव पारिदिन्छ ।
कपाल बाँध्नु
नुहाउँने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन् । जसको कारण कपालमा इन्फिेकसन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरु बढी हुन्छ ।
कपाल कोर्नु
नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन् । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ ।
फेदबाट टुप्पोतिर
कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।
टावेलले कपाल नसुकाउने
नुहाएको कपाल चाँडै सुकाउन टावेलले हल्का–हल्का टच गरेर पानी सोसाउनु राम्रो हो । तर, कतिपयले टावेलले कपाल जबर्जस्ती फड्कार्ने तथा रगड्ने गर्छन् । यस्तो गर्दा कपाल टुक्रिने डर हुन्छ । ड्राई कपाल टुक्रिने बढी खतरा हुन्छ । टावेलले सधैँ रगड्दा स्वस्थ कपालमा हाँगा पलाउने सम्भावना हुन्छ ।
तुरुन्त बाहिर निस्कनु
चिसो कपाल लिएर बाहिर निकस्कनु हुँदैन् जसले गर्दा कपालमा इन्फेकसन हुनुको साथै धुलोहरुको कारण चाँया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।
मालिस गर्नु
अधिकांशले गर्ने अर्को एउटा गल्ती हो, राति सुत्नुअघि कपालमा तेल लगाएर मसाज गर्ने र भोलिपल्ट बिहान मात्रै स्याम्पु गर्ने । तर, यो कपालमा फाइदा मिल्ने तरिका होइन । टाउको तातो र स्काल्प ड्राई हुनेलाई रातभर तेल लगाएर छोड्दा टाउको दुख्ने समस्या पनि निम्तिन सक्छ । तर, नुहाउनुभन्दा एक घन्टाअगाडि कपालमा आयल मसाज गर्नु भने निकै राम्रो हो ।
कन्डिसनर
वास कन्डिसनर प्रयोग गरिसकेपछि राम्रोसँग नपखाल्ने गल्ती अधिकांशले गरेका हुन्छन् । स्याम्पु पखालेको स्तरमा कन्डिसनर पखालेपछि भइहाल्छ भन्ने बुझाइ धेरैको छ । यो गलत बुझाइ हो । कन्डिसनर गरेपछि धेरैभन्दा धेरै पानीले राम्रोसँग कपाल पखाल्नुपर्छ । राम्रोसँग पखालिएन भने स्काल्प फोहोर भएर चायाँजस्तो सेतो फुस्रो फोहोर देखिन थाल्छ । त्यसो त कन्डिसनर प्रयोग गर्दा पनि ख्याल गर्नुपर्छ ।