काठमाडौं : साङ्लोले नसताएको घर कमै भेटिएला ।अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ ।
घरका कोठाहरु, भान्सा, बाथरुम लगायतका स्थानमा ओसको मात्रा बढी हुदाँ साङ्लालाई उत्पादन हुन, हुर्किन, सजिलो हुन्छ । साङ्लाको मुख्य बासस्थान भान्सामा खानेकुरा भएको ठाउँ हो ।
गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ। अनि कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने बाध्यता आइलाग्छ।
ल्वाङ – साङ्लो धेरै लाग्ने ठाउँमा ल्वाङको टुक्रा वा धुलो राखिदिने । साङ्लोलाई ल्वाङको गन्ध मन पर्दैन त्यसैले यो उपायबाट साङलो भाग्छ ।
साबुन पानी – एउटा भाँडामा नुहाउने साबुनको झोल तयार गर्ने उक्त झोललाई साङ्लो भएको स्थानमा छर्किने
तेजपात – तेजपातको गन्ध साङ्लोलाई मन पर्दैन । त्यसैले साङ्लो जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिने । यसो गर्दा साङ्लोहरु भाग्छन् ।
बेकिङ पाउडर र चिनी – बेकिङ पाउडरले साङ्लोलाई मार्ने हुनाले बेकिङ पाउडरमा चिनी, पानी मिसाउँने उक्त मिश्रणलाई साङ्लो भएको ठाउँमा छर्किने ।
सुख्खा ठाउँ – साङ्लोलाई ओसिलो स्थान बढि मात्रामा उपयुक्त हुने हुनाले ओसिलो स्थानलाई सधै सुख्खा बनाउँने । यसबाहेक मट्टीतेल, नीम, पुदिना र कफीले पनि साङ्लोलाई भगाइदिन्छ ।