सिमकोट : हिल्दु साना जलविद्युट आयोजनाद्धारा विद्युत आपुति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युतबाट गरिने कार्यहरु प्रभावित भएका हुन् ।
सेवाग्राही तेण्डी तामाङले मोबाइल चार्ज गर्न नपाएर अफ गर्नु परेको बताए । त्योसँगै हिटरबाट पाक्ने खाना चुल्होबाट पकाउनु परी रहेकोमा दुःख भएको बताए । यसवाट सदरमुकाम सिमकोट लगाएत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपुर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपुर्ती कार्य बन्द गरेको हो ।
केही दिन अगाडी पहिरोले बगाएको ‘ओभर फ्लो’ पाइपको मर्मत कार्य गर्नका लागि विद्युत आपुर्ति बन्द गरिएको हो । बिहीबार बिहानबाट एक हप्ताका लागि विद्युत सेवा बन्द गरिएको बताए ।
उनले केही दिन अगाडी पहिरोले बगाएको नहर नजिकको ‘ओभर फ्लो’को पाइप लाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पुर्ण विद्युत आपुर्ति कार्य बन्द गरिएको केन्द्रका प्रमुख साजन ऐडीले बताए ।
‘ओभर फ्लो’को पाइप लाइन सबै पहिरोले बगाएपछि नयाँ निर्माण गर्नु पर्ने र त्यसमा ग्याबिन लगाउनु पर्ने भएको कारण विद्युत आपुर्ति कार्य बन्द गर्नु परेको छ । नहरमा पानी सुचारु गरेर विद्युत आपुर्ती गर्दा नहर पनि पहिरोमा जाने जोखि भएपछि बन्द गर्नुको अन्य विकल्प नदेखिएको केन्द्रले जनाएको छ ।
साढे दुई सय किलोवाट विद्युत उत्पादन गर्दै आएको हिल्दुम साना जलविद्युत आयोजनाले ‘ओभर फ्लो’ पहिरोले लगेपछि अस्थायी रुपमा काम चलाउन गरेर एक सय किलोवाट विद्युत उत्पादन गरेर आपुर्ति गर्दै आएको थियो ।
सिमकोट सहित खार्पुनाथ गाउँपालिकामा लोडसेडिङ गरेर विद्युत आपुर्ति गर्दै आएको थियो । विद्युत सेवा बन्द हुँदा केन्द्रका दुई हजार तीन सय ग्राहक मर्कामा परेका छन् ।
यसबाट बढी बैंक, सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् । विद्युत बन्द हुनु एक दिन अगाडी स्थालगत रुपमा कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले अनुगमन गरेका थिए । उनले फिल्डमै बजेटको व्यवस्था गरेर तत्काल मर्मतको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए ।