काठमाडौ । अस्ट्रेलिया टेस्ट र टी २० क्रिकेटको शीर्ष बरियतामा उक्लिएको छ । शनिबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको नया बरियताअनुसार अष्ट्रेलिया टेस्ट र ट्वेन्टी ट्वेन्टी क्रिकेटको शीर्ष बरियतमा उक्लिएको हो । एकदिवसीय क्रिकेटमा भने इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै छ ।
कोरोना संक्रमणअघि न्युजिल्याण्डसँग हारेको भारतले चार बर्षपछि शीर्ष स्थान मात्रै गुमाएन । तेस्रो स्थानमै धकेलियो । घरेलु मैदानमा एकदिवसीय र टेस्ट क्रिकेट श्रृंखला क्लिनस्वीप गरेको न्युजिल्याण्ड भने भारतलाई नै पछि पार्दै टेस्ट क्रिकेटको दोस्रो स्थानमा छ ।
भारत सन् २०१६ को अक्टोबरदेखि टेस्टमा शीर्ष वरीयतामा उक्लिएको थियो। नयाँ बरियताअनुसार इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौ, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं र अफगानिस्तान नवौं स्थानमा छन्।
बंगलादेश दशौं स्थानमा रहदा जिम्बावे एघारौं र आयरल्यान्ड बाह्रौं स्थानमा छन्। एकदिवसीयमा इंग्ल्यान्डपछि दोस्रो स्थानमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौमा अस्ट्रेलिया, छैटौंमा पाकिस्तान, सातौंमा बंगलादेश, आठौंमा श्रीलंका। नवौंमा वेस्ट इन्डिज र दशौं स्थानमा अफगानिस्तान छन्।
एघारौंमा आयरल्यान्ड, बाह्रौमा नेदरल्यान्ड्स, तेह्रौंमा ओमान, चौधौंमा जिम्बावे, पन्ध्रौंमा स्कटल्यान्ड र सोह्रौं स्थानमा नेपाल छन्। टी २० क्रिकेटमा अस्ट्रेलियापछि दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा भारत, चौथोमा पाकिस्तान, पाँचौमा दक्षिण अफ्रिका, छैटौंमा न्युजिल्यान्ड, सातौंमा श्रीलंका, आठौंमा बंगलादेश, नवौंमा वेस्ट इन्डिज र दशौंमा अफगानिस्तान छन्।
एघारौंमा जिम्बावे, बाह्रौंमा आयरल्यान्ड, तेह्रौंमा युएई, चौधौंमा स्कटल्यान्ड र पन्ध्रौं स्थानमा नेपाल छन्। टी २० र एकदिवसीय वरीयतामा नेपालको स्थान परिवर्तन भएको छैन ।