कालिकोट : सुन्दरता सबैलाई मन पर्छ । सुन्दर तस्बिर हेर्ने मन सबैको हुन्छ । सुन्दरताले मनमा अनेकौं थरिका रंग भर्छ । सुन्दरताले नै दुःख पीडा भुलाउँछ ।
मन शान्त र सुमधुर बनाउँछ । कर्णाली सुन्दरताले भरिपूर्ण प्रदेश हो । यहाँ धेरै थोक छ । तर, यहाँ अझै पर्यटनको विकास सोचेजसरी हुन सकेको छैन ।
कर्णालीको सुन्दरताको वर्णन गर्न सकिदैन । स्वस्थ हावा पानी । रमणीय वातावरण । कर्णालीका सुन्दर ठाउँ पुगेकालाई लाग्छ, मृत्यु अघि नै स्वर्ग पुगियो । यसर्थ कर्णालीलाई स्वर्गको एक ठाउँका रुपमा पनि लिइन्छ ।
कर्णाली हिउँ पर्दाको बखत त झन् साच्चै सुन्दर हुन्छ । यस्तैले गर्दा कर्णालीको सुन्दरतालाई धेरैले स्वर्ग लुकेको ठाउँका रुपमा लिन्छन् । अहिले कर्णाली सबैको ढुक्क ढुकी बनेको छ । कर्णाली नेपालको मुटु बन्न बाँकी छ ।
तर पनि प्राकृतिक कुराले सबैलाई कर्णालीले मोहित पारेको छ । कर्णालीको जडिबुटी र स्याउको बगैँचाले पनि यसलाई मौलिक उत्पादनले भरिएको प्रदेशको रुपमा बुझ्न सकिन्छ । कर्णालीका ताल, हिमाल र पचाल झरना हेर्दा यसको छुट्टै संसार छ । छुट्टै अस्तित्व छ ।
यस्तै सुन्दरताले भरिपूर्ण कर्णालीको कालिकोट जिल्ला पनि एक हो । यहाँको सुन्दरता र चिसो हावा पानीको सुन्दरता हामी शब्दमा उतार्न सक्दैनौँ । विकासका कारणले पछि परेको देखिन्छ । तर प्राकृतिक कारणले कर्णाली धेरै अगाडि छ ।
सबै सुन्दरता भएर पनि अझै अपूर्ण छ कर्णाली । कालिकोटको ठुलो पचाल झरना अहिले पनि पर्यटकको नजरमा त्यति पुग्न सकेको छैन । दक्षिण एसियाकै अग्लो झरना भएपनि कर्णालीमा पर्यटक पुग्न सकेका छैनन ।
कर्णाली भौगोलिक हिसाबले विकट छ । तर यहाँको सुन्दरता र स्वस्थ वातावरणले सबै पिडा, दुःखलाई बिर्साउँछ । वरिपरि पहाड पहाडैको बिचको डाँडामा कालिकोटको सदरमुकाम मान्म छ । यस्तो बजार निकै थोरे ठाउँमा देखिन्छ । सानो बजार हेर्दा कुनै सहरभन्दा कम छैन । पानी पर्दा होस् घाम पर्दा । कालिकोटको मान्म आफैमा फरक छ ।
फोटो क्रेडिट : मनिराज पाण्डे, पुर्णसिंह बम, कर्णाली ग्यालरी र इन्टरनेट