सिमकोट : लामो समय एमालेको राजनीतिमा रहेका शिवराज शर्मा नेकपा एकीकृत समाजवादीका हुम्लाको अध्यक्ष पदमा चयन भएका हुन । उनलाई एमालेमा ल्याउने प्रयास धेरै गरेपनि अन्ततः समाजवादीलाई रोजेका हुन् ।
जिल्लामा भरखरै नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको नेकपा एकिकृत समाजवादी हुम्ला जिल्लाको अध्यक्षमा शर्मा चयन भएको नव गठित पार्टीका सचिव तीर्थराज रोकायाले बताए । पूर्व एमालेको कर्णाली प्रदेश कमिटी सदस्यमा समेत रहेका शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
नेकपा एकिकृत समाजवादीको कर्णाली प्रदेश कमिटिले शर्माले आफ्नो अध्यक्षतामा चार जना पदाधिकारी चयन गरी जिल्ला कमिटि गठन गरिएको बताए ।
त्यसैगरी सो पार्टीको उपाध्यक्षमा पूर्व एमाले सचिव तीर्थराज रोकाया, कमल छत्याल सचिव र युवा संघकी केन्द्रीय सदस्य प्रेमा लामालाई उपसचिवमा चयन गरेको छ ।
उनले हाललाई चार सदस्यीय पदाधिकारी चयन गरेर सार्वजनिक गरिएको बताए । नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी भने १०३ तीन सदस्यीय हुनेछ ।
अन्य सदस्यहरुको नाम तयारी अवस्थामा रहेको र पार्टीकै निर्देशन बमोजिम आगामी असोज ११ गते जिल्लामा बस्ने पहिलो बैठकमा सार्वजनिक गरिने भएको छ । उनले अब सानो टिम भएपनि जिल्लामा पार्टीले पाएको र पार्टीका गतिविधिहरु अगाडी बढाउने बताए । उक्त पार्टीले अब गाउँपालिका र वडा स्तरका पार्टीका संरचना गठनको तयारीमा नेताहरु लाग्ने जनाइएको छ ।
यसअघि जिल्लामा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त पार्टीले आफ्नो उपस्थिती जनाएको थियो । पूर्व एमाले सचिव समेत रहेका नयाँ चयन भएका पार्टीका सचिव तीर्थराज रोकायाले आफ्नो पार्टीसँग पूर्व एमालेका ३६ प्रतिशित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु रहेको दाबी गरेका छन् ।
जिल्ला कमिटि तयारी अवस्थामा रहेको र आगामी असोज ११ गते त्यसको घोषणा गर्ने जानकारी गरिएको थियो । यसअघि भदौ २२ गते जिल्ला समन्वय समितिका सदस्यसहित पाँच जना जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गर्दै नेकपा समाजवादीमा समाहित हुने जनाएका थिए ।