जुम्ला : नेकपा एकीकृत समाजवादी जुम्लाले शनिबार सदरमकाुम खलंगामा बृहत प्रदर्शन गर्यो । उक्त प्रदर्शन कार्यक्रम हजारौंको संख्यामा गरेको थियो ।
कार्यक्रममा एस जुम्लाका नेताहरुले जुम्लामा एमाले सकिएको बताए । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा जुम्लाका आठवटै स्थानीय तहका हजारौं कार्यक्रताएहरुको उपस्थिती रहेको थियो ।
प्रथम जिल्ला भेला तथा प्रदर्शनलाई एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सम्वोधन गरेका छन् । कार्यक्रममा कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषिमन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदमबहादुर रोकाया लगायत पेशागत संघ संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।
जुम्लाको बसपार्क पार्टी स्थापना गरिएको ठाउँबाट सुरु भएको प्रर्दशन, कालेखोली, जिल्ला प्रशासन कार्यालय अगाडीबाट बिजयनगर हुँदै कभर्डहलमा पुगेर भेला गरेका थिए ।
भेलालाई संवोधन गर्दै कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले हजारौँ कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा नेकपा एमालेको अस्वित्व खतम भएको बताए । उनले, ‘अब जुम्ला एमाले होइन् । समाजवादीको किल्लो बन्नेछ’ थपे ।
व्यक्तिवाद, दम्भ अंहकार विधी पद्धति विपरित काम गर्ने एमाले अध्यक्ष केपी ओलीविरुद्ध डटेर विद्रोह गर्ने नेता ज्वालाले बताए । ‘जुम्लामा एमाले सकिन्छ, ओली सकिन्छन्, ओलीको दम्भ र अहंकार पनि सकिन्छ’ उनले भने, ‘सबै मिलेर समाजवादी पार्टीलाई स्थापना गरेका छौं ।’
समाजवादी जुम्लाका अध्यक्ष तीर्थबहादुर बुढाले, ‘एउटै घरभित्र पनि सधैं किचलो, सधैं अन्याय र अत्याचार सहेर बस्न नसकिने, केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमाले भित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको ’ बताए ।
उनले भने, ‘जुम्लामा एमाले पार्टी समाप्त भइसकेको छ । कार्यकर्ताको भरोसा, विश्वास तथा संख्यात्मक हिसाबले एमाले भन्दा समाजबादी पार्टी बलियो र ठुलो बन्नु बनेको हो ’ ।
यस्तै कार्यक्रममा बोल्दै कृषिमन्त्री कुर्मराज शाही, सांसद पदम रोकाया लगायतले कर्णालीकै सबैभन्दा ठुलो र बहुमत भएको एकीकृत समाजवादी पार्टी जुम्लामा निर्माण हुने बताए । जुम्लामा एमालेबाट ९० जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उक्त मध्ये समाजवादीमा सनाखत ४४ जनाले गरेका छन् । ६१ जनाको जिल्ला कमिटी रहेकोमा ५८ जनाले समाजवादी रोजेका छन् ।