काठमाडौँ : घरबाट बाहिर निस्कदा धेरैजसोले परफ्युम लगाएर निस्कने गर्छन् । शरिरलाई सुगन्ध राख्नकै लागी हामिले परफ्युम प्रयोग गरिन्छ । खासमा शरिरमा आउने दुर्गन्ध रोक्न नै परफ्युम प्रयोग गरिन्छ ।
खासमा शरिरको दुर्गन्ध रोकियोस् र सुगन्ध भइरहोस् भनेर धेरैले शरिरका बिभिन्न अंगमा लगाउने गर्छन् । जस्तै नाडी, कान, गला, काखीको मुनी परफ्युम लगाउने गरिन्छ । तर परफ्युम लगाउदा केहि कुरामा ख्याल गर्नु जरुरी छ ।
परफ्युमले मानिसलाई गन्धरहित बनाएपनि यसको जथाभावी प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।
शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुक्त । बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ ।
कपालमा प्रयोग गर्नुअघि
कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।
काखीमुनि
परफ्युमको प्रयोग काखीमुनि काखीमुनिगर्नु नै राम्रो मानिन्छ । प्रयोग भएमा एलर्जी हुने, चिलाउने र पोल्ने समस्या उत्पन्न हुन्छ ।
प्राइभेट पार्टको आसपास
यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।
कानको पछाडि
रफ्युमको प्रयोग गर्दा पनि समस्या हुने गरेको पाइएको छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाउँछ । जसले कानमा समस्या देखिन सक्छ ।
कपालमा
कतिपय मानिसहरूले कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो गर्नु कपालको लागि खतरनाक साबित हुन सक्दछ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गदछ ।
कपाल
कपाल हाम्रो शरिरको माथिल्लो भागमा रहेको हुन्छ । यसकारण खुश्बुको धेरै बाहक मानिन्छ । थोरै आफूलाई मन पर्ने परफ्युम कपालमा लगाउने गर्नाले टाढासम्म र लामो समयसम्म सुवास छर्न सघाउछ ।
नुहाउनेवित्तिकै
नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् । जसले छालाका छिद« खुलाउँछ । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।