काठमाडौँ : बलिउडकी चर्चित नायिका हुन् कंगना रनावत । उनको नाम सधै चर्चामै रहेको हुन्छ । उनी धेरै जसो विवाद आउने नायिका मध्य कि एक हुन् । उनी विविध कारण विबादमा आउँछन् ।
फिल्मका कारण कंगना चर्चामा रहने गर्दछिन । तर पछिल्ला केहि दिन देखि कंगना फेरी भारतमा चर्चामा छिन् । उनी अहिले फिल्म कारण चर्चामा छन् ।
उनले दुई दिन अघि दर्शकमझा नयाँ फिल्म ‘थलाइवी’ ल्याएर आएकी छन् । कोरोना महामारीका कारण डेढ बर्षदेखि बलिउड चलचित्रको रिलिज रोकिएको छ । अरबौ रकम फ्रिज हुँदा बलिउड ठूलो नोक्सानी ब्यहोर्न बाध्य छ । तर, दोश्रो चरणको लकडाउनपछि विस्तारै चलचित्र रिलिजको क्रम अघि बढेको छ भने हलहरु पनि खुल्न थालेका छन् ।
यस्तो महामारीको अवस्थामा फेरी अर्को चुनौती लिएर फेरी दर्शक सम्मु आएकी छन् । उनले अभिनय गरेको नयाँ फिल्म ‘थलाइवी’ सार्वजनिक गरेकी छन् ।
शुक्रबार उक्त चलचित्र रिलिज भएको थियो । उक्त चलचित्रले सोचेको जस्तो कमाउन सकेन् । फिल्मी हिन्दी, तेल्गु र तमिल गरि तिनभन्दा धेरै भाषामा रिलिज गरिएको थियो । भारतीय मिडियाका अनुसार, यो चलचित्रले हिन्दी भाषामा २० देखि २५ लाखको मात्र कमाई गरेको छ । यस्तै, अन्य ४ भाषामा चलचित्रले ८० लाखको कमाई गरेको छ । पहिलो दिन भारतभर यो चलचित्रले १.२५ करोड कमाई गरेको छ ।
यसै अघि नायक अक्षय कुमारको फिल्म ‘बेल बटम’ले पहिलो दिन २.७५ करोडको व्यापार गरेको थियो । ओपनिङ कलेक्शनमा ‘बेल बटम’ भन्दा उछिन्न सकेन । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्न नसक्नुको कारण केही हलमा मात्र रिलिज हुनु हो ।
उनी भारतकी महिला राजनीतिज्ञ जय ललिताको बायोपिकमा आधारित बनाइएको छ । उनी मुख्य भूमिकामा देखिएको यो चलचित्रले बक्स अफिसमा भने खासै गतिलो ओपनिङ गर्न सकेन । यो चलचित्र २ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।