एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एण्ड टेलिभिजन स्टार हुन् - किम कार्दशियन । उनी एउटा अमेरिकी सामाजिक कार्यकर्ता, फ्यासन डिजाइनर, व्यावसायी महिला, मोडल हुन् ।
किम सधै फरक फरक अवतारमा देखिएकी हुन्छन् । अन्य अभिनेत्रीभन्दा हट एण्ड बोल्ड देखिएकी हुन्छन् । किमको पहिरन हेर्दा पनि हेरेको हेरे हुन्छ । उनले लगाएको पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको थियो । क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे ।
यो पहिरन यही थिममा तयार पारिएको छ । उक्त पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको थियो । फेरी यस्तै पहिरनमा पोस्ट गरेकी छन् । यो पहिरन देखेर सबै चकित परेका छन् ।
उनी विविध कारणले चर्चामा आएकी हुन्छन् । कहिले उनको पहिरनका कारण, कहिले उनको सुन्दरता त कहिले उनको श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले चर्चामा थिइन् ।
किमले सामाजिक सञ्जालमा आइतबार पोस्ट गरेका केही तस्बिरमा मानिसहरुले विशेष रुची राखिरहेका छन् । किमले कालो रङको छालाको जस्तो देखिने पहिरन लगाएकी छिन् । कोट, लङ बुट, हातमा पञ्जा लगाएकी उनले आफ्नो अनुहार पूरै ढाकेकी छिन् । यद्यपि, कपाल भने देखिएको छ ।
कतिले उनको यो पहिरनले कोभिड–१९ बाट सुरक्षा दिने बताएका छन् भने कतिले ‘कसरी हेर्नुहुन्छ ? कसरी सास फेर्नु हुन्छ ?’ भनेर पनि प्रश्न सोधिरहेका छन् ।