काठमाडौं : युवा पुस्ता माझा निकै चर्चा परिचर्चा बटुल्न सफल नायक हुन् अनमोल केसी । नेपाली फिल्म हेर्ने जो कोहीको ढुक्क ढुक्की बनेर बसेका छन् । दर्शक अनमलका फिल्म भनेपछि हेर्नेको लड़को लाग्ने गरेको छ । नायक अनमोल फिल्म ल्याएर दर्शक माझा फेरी आउने भएका छन् ।
अनमोल र सुहाना थापाको अभिनित फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिल कुमार थापा र नायिका झरना थापाले निर्देशक गरेको फिल्म 'ए मेरो हजुर ४ 'को रिलिज मिति चैत २५ गते सार्वजनिक हुने भएको छ ।
कोरोना महामारीका कारण डेढ बर्षदेखि नेपाली चलचित्रको रिलिज रोकिएको छ। लाखौं रकम फ्रिज हुँदा नेपालमा ठूलो नोक्सानी ब्यहोर्न बाध्य छ । तर, दोश्रो चरणको लकडाउनपछि विस्तारै चलचित्र रिलिजको क्रम अघि बढेको छ भने हलहरु पनि खुल्न थालेका छन् ।
झरनाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् ।
सुनील र झरनाले विस्तारै कोरोना कहर कम हुँदै गएको र नेपाल सरकारले फिल्म हलहरु खोल्न अनुमति दिएकाले विस्तारै फिल्म क्षेत्र पनि चलायमान हुने कुरामा आशावादी रहेको उल्लेख गरेका छन् ।
झरना थापाको चर्चित फिल्म श्रृंखला ‘ए मेरो हजुर ३’ बाट उनकै छोरी सुहना थापाले नेपाली चलचित्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रमा राम्रो सफलता पनि बटुल्न सफल भइन् । जति सफल यो श्रृंखलाका सुरुवाती फिल्महरु थिए । उतिनै सफलता अहिलेसम्म पाएको छ ।
नायक अनमोलले अहिलेसम्म सात चलचित्रमा अभिनय गरिसकेका छन् । सात चलचित्रमा अभिनय गर्दा अहिलेसम्म एकै नायिकासँग दोहोरिएका थिएन् । तर, उनको आठौँ चलचित्र एकै नायिकासंग पुन देखिएका छ । दोस्रो पटक ‘ए मेरो हजुर ४ ’नायिका सुहनासँगै देखिने भएका छन् ।
सुन्नमा आएको नायक अनमोल र सुहना प्रेममा पनि छन् भने गर्छन् । त्यसैले होला नायिका सुहनासँग पुन आफ्नो जोडीमा बाँधेको हुन रे । भने खबर पनि बाहिरिएको थियो ।
सुपरस्टार अनमोलको स्टारडम जाँच्ने नयाँ फिल्म