खलंगा : कर्णाली राजमार्ग अन्तर्गत जुम्ला सडकखण्ड चन्दननाथ नगरपालिका – ७ खलचौरको बेउलाबेउली ढुंगास्थित गिट्टी बालुवा उत्खनन गर्दा सडक नै जोखिममा परेको छ । कठायत कन्ट्रक्सन क्रसर उद्योगले बालुवा, गिट्टी उत्खनन गरिरहेको छ । उक्त कार्यले सडक जोखिममा परेको छ । उक्त विषयमा नियमन निकाय तथा स्थानीय सरकारको ध्यान पुगेको छैन । सडकखण्डमा भने क्षति पुगेको छ ।
जुम्लाका नेपाली कांग्रेसका नेता समेत रहेका निर्माण व्यवसायी राजुसिहं कठायतले आफ्नो नापी गरेको सडकको छेउ नजिक रहेको पाखा जमिनमा गिट्टी बालुवा उत्खनन गर्दा सडक भत्किने अवस्थामा पुगेको छ ।
उत्खननले एकातिर प्राकृतिक सुन्दरता नै हराँउदै गएको छ । अर्कोतिर बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक विपत्तिका जोखिम समेत बढेको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन् ।
उनले, ‘सडकको मुख्य भागमा बालुवा, गिट्टीको उत्खनन गर्दा यातायात सञ्चालन गर्न जोखिम भएको हो । यस कारणले बालुवा, गिट्टीको उत्खनन गर्दा ठुलो खाल्डो परेको’ भनिन् ।
सकडको केही भाग समेत भासिएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईको नेतृत्वको सुरक्षा निकायको टोलीले स्थलगत अनुगमन गरेको छ । मानवीय क्षेति हुने जोखिम बढेकाले उत्खनन कार्य रोकेर तत्काल खाल्डोहरु भर्न सुरक्षा निकायको टोलीले निर्देशन समेत दिएको छ । अर्को तर्फको ठुलो क्षति हुने गरेर आफ्नो आम्दानीको लागि काम गर्नु राम्रो पक्ष नभएको सरोकारवाला निकायहरुको दाबी छ ।
सडक भत्किने गरी जिल्लामा बालुवा, गिट्टीको उत्खनन भइरहँदा स्थानीय सरकार भने, मौन रहेको छ । ‘वातावरण प्रभाव मुल्याकंन नगरी जथाभावी बालुवा, गिट्टी निकाल्न नमिल्ले प्रजिअले बताए ।
‘यस बिषयमा सरोकारवालाले गम्भीर छलफल गरेर नियमन प्रक्रियामा जान आश्यक छ । निर्माण व्यवसायी कठायतले आफ्नो ब्यक्तिगत फाइदाका लागि जुम्ला राजमार्ग जोखिम अवस्थामा पुर्याउने गरेको स्थानीयको भनाइ छ । यस बिषयमा बुझन खोज्दा कठायतले फोन समेत उठाएनन् । नियमनकारी निकाय नै मुकदर्शक भएपछि खलाचौर मात्रै होइन ठुला ठेकदारको बालुवा, गिट्टी, ढुंगा उत्खननमा मनपरी गर्दै आएका छन् ।