सिमकोट : हुम्ला खण्डका चीनसंग पर्ने उत्तरी क्षेत्रका सीमास्तम्भहरुको सरकारले गठन गरेको सिमा अध्ययन समितिको लिमीको लाप्चामा पर्ने १२ नम्बर सिमास्तम्भतर्फ लागेको छ ।
सिमकोटबाट टोली गाडीमा लाप्चासम्म र केही पैदल हिडेर पाँच हजार मिटर अग्लो स्थानमा रहेको सिमास्तम्भ स्थलगत अध्ययनका पुग्नेछ । चीनसंगका सीमास्तम्भहरुको सिमा अध्ययन समिति लाप्चातर्फ लागेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भुमिमा भवन निर्माण गरेको भन्दै बिरोध हुँदै अएको छ । त्यसैगरि लाप्चामै चीन एकतर्फी रपमा पुन: निर्माण गरेको १२ नम्बर पिलर रहेको छ । सो स्थानमा टोली पहिला पुग्ने उनले बताए ।
त्यसपछि टोली लिमीका स्थानीयसंग छलफल गर्न गाउँमै जानेछ । भने टोली पाँच हजार दुई सय मिटर अग्लो स्थानमा रहेको टाकुलेको ११ नम्बर पिलरमा पुग्नेछ । सीमास्तम्भहरुको स्थलगत अध्ययनमा निस्केको टोलीले भ्याए र संभब भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै स्तम्भमा पुग्ने जनाएको छ । सीमास्तम्भ रहेका स्थानहरुको भुगोल हेर्दा टोलीलाई अध्ययनका लागि जान भने त्यति सहज भने छैन । टोलीमा उमेशराज जोसी, किशोर कुमार श्रेष्ठ, प्रदिप कुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहनु भएको छ । जसमा नापी बिभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागीता रहेको छ ।
त्यसपछि टोलीले हिल्सा र किट क्षेत्रमा रहेका १० देखि ३ नम्बर पिलरको अध्ययन गर्नेछ । टोलीले नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बाहेक अन्य कसैलाई पनि लिएको छैन । न्यौपानेले टोलीलाई अध्ययनका लागि स्थान जानका लागि सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । केही समय अगाडी सरकारले दिएको जिम्मेवारी पुरा गर्न टोली सिमास्तम्भको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको थियो ।
दुई देशको सिमा क्षेत्र लोलुङ जोङमा चिनीया पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सिमास्तम्भ चीनले एकतर्फी पुन निर्माण गरेपछि हुम्लामा यसको बिरोध हुँदै आएको थियो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सिमास्तम्भ नम्बर १२ पर्छन भने अन्य हिल्साको किट क्षेत्रका ५ (१) र (२), ६ (१) र (२) , ७ (१) र (२), ८ (१) र (२), ९ ( १) र (२) नाम्खा –५ को हिल्सा र किट क्षेत्रमा पर्छन । यता नाम्खा– ५ कै यारी भित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सिमास्तम्म रहेको छ भने सोही क्षेत्रको नुमुच्चैमा रहेको ४ नम्बर सिमास्तम्भ रहेको छ ।
यी दुबै सीमास्तम्भमा यसै वर्ष मात्र पहिलो पटक सिमा सुरक्षा चौकी हिल्साको टोली र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको टोली पुग्न सफल भएको थियो ।