मुगु : मुगुमा सामाजिक सुरक्षा भत्ता अनियमितताबाट २ करोड ७५ लाख रकम जोगिएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आइरहेको सामाजिक सुरक्षा भत्ताबाट आर्थिक वर्ष ०७७र०७८ मा मुगुमा सो रकम राज्य कोषमा बचेको हो ।
सरकारले ६० बर्षदेखि माथिका वृद्धवृद्धा, ५ बर्ष मुनिका बालबालिकाहरुलाई प्रोत्सान भत्ता, अपाङ्गता, पूर्ण अपाङ्गता भएका, एकल महिलाहरुलाई उपलब्ध गराउँद्यै आएको आएको रकमबाट २ करोड ७५ लाख भन्दा बढी बचेको हो ।
जिल्लाका छाँयानाथ रारा नगरपालिका, मुगमकामारोङ्ग गाँउपालिका ,खत्याड गाँउपालिकाले आव ०७६÷०७७ सामाजिक सुररुक्षा भत्ता एक आवको स्थानिय तह एक नगरपालिका र तीन गाँउपालिकाले २५ करोड ६लाख ४७ हजार ४ सय ६० रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुबाट निकासा लिएको वितरण अभिलेखमा भेटिएको छ ।
आव ०७७ र०७८मा २२ करोड ३१लाख ७८ हजार २ सय ८२ रुपैयाँ निकासा भइ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कोलेनिका मुगुले जनाएको छ ।
विगतमा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली नभएर स्थानीय तहहरुको माग र विवरणका आधारमा सामाजिक सुरक्षा रकम निकासा गर्ने भरपाईको आधार गरिएको थियो ।
यो वर्ष बैंक प्रणालीबाट अनिवार्य सामाजिक सुरक्षा वितरण गर्न लगाउँदा बैंकको नियम र सरकारको मापदण्ड अनुसारका ब्यक्तिहरुले सामाजिक सुरक्षा पाउँदा यो ०७७र०७८ को अनियमितताबाट रोकिएको र राज्य कोषको लगानी खेर नगएको कोलेनिका मुगु प्रमुख लक्ष्मी चन्द्र हमालले बताएका छन ।
पछिल्ला आवहरुमा सरकारले सामाजिक सुरक्षा ब्यवस्थापन प्रणालीको र बैकमार्फत सामाजिक सुरक्षा दिने नीतिले उमेर पुगेका र मृत्यु भएका नागरिकहरुको लगत समयमा काटिएका कारण सो रकम बचेको छायानाथ रारा नगरपालिकाका एमआईएस शाखाका प्रमुख शिवचन्द्र कार्कीले बताएका छन ।