कर्णाली : शुक्रबार नेकपा माओवादी केन्द्र सुर्खेतको जिल्ला कमिटी बैठकले ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । जसमा, कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगर कमिटीको इन्चार्ज दानसिंह सुनारलाई तोकेको छ ।
भने, लेकवेशी नगरपालिकामा सीता नेपालीलाई तोकेको छ । नेपाली, कर्णाली सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् ।
भने, भेरीगंगा नगरपालिकामा नन्दबहादुर कार्की, गुर्भाकोट नगरपालिकामा ठम्मर बिष्ट, चिङ्गाड गाउँपालिकामा जीतबहादुर राना, सिम्ता गाउँपालिका झुपबहादुर बुढा इन्चार्जमा तोकिएका हुन् । उनीहरु पनि माओवादी केन्द्रमा लामो राजनीति गर्दै आएका छन् । यस मध्ये पनि विष्ट लोकप्रिय नेता मानिन्छन् ।
यस्तै, चौकुने गाउँपालिकाको इन्चार्जमा खड्कबहादुर बिश्वकर्मा, बराहताल गाउँपालिकामा ईश्वर भक्त सुनार इन्चार्ज तोकिएका हुन् । उनीहरु पनि वषौंदेखि माओवादी केन्द्रको सिद्धान्तलाई आत्मसात् गरिरहेका छन् ।
नेपालमा दश वर्षे आन्दोलन गरेर संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी बनेको माओवादी केन्द्र अहिले तेस्रो दलका रुपमा स्थापित मात्र होइन् कुनैबेला माओवादीको किल्ला मानिएको कर्णालीमा एमाले र कांग्रेसको किल्ला बन्न पुगेको छ ।
अब संगठनलाई सुदृढ गरेर माओवादीलाई बलियो बनाउने वीरेन्द्रनगर नगर कमिटीको इन्चार्ज सुनारले बताए । पछिल्लो समय संगठनलाई सुदृढ गर्दै विभिन्न जिल्लाहरुमा पार्टीका गतिविधि बढाइरहेको छ ।
पार्टीको सिद्धान्त मात्रै होइन्, सहिद, बेपत्ता, घाइते र अपाङ्ग परिवारको सपनालाई आत्मसात् गरेर सुर्खेतमा माओवादी केन्द्रलाई बलियो बनाउने इन्चार्जहरुको दाबी छ । अब कर्णालीमा माओवादी केन्द्रको किल्ला कायमा राख्ने माओवादीको जोड देखिन्छ ।