सिमकोटः स्वास्थ्य र पूर्वाधार बिकासलाई प्राथमिकता राखेर हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रुपा शाहीले प्रस्तुत गरेको बजेटले उक्त कुरालाई प्राथमिकतामा राखेको हो ।
खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य विमा कार्यक्रमलाई गाउँपालिकाका सवै नागरिकलाई पुर्ण रुपमा निःशुल्क गर्ने कार्यक्रमसहित स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
गाउँपालिकाले ३६ करोड ६९ लाख ११ हजारको बजेट ल्याएको छ । उक्त बजेटसँगै वडामा सडक निर्माण, शिक्षा, कृषि र पशु बिकासका क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।
पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । कोभिडलाई पनि यसैमा समेट्ने छौ । अर्को गाउँपालिकाका पाँच वटै वडाका नागरिकहरुको स्वास्थ्य बिमा निशुल्क गर्ने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
अर्को वडा नम्बर ४ र ५ को वडा कार्यालय भवन निर्माण हुन नसकेका भवनलाई निर्माण हुने गरि बजेटले व्यवस्था गरेको छ । वडा नम्बर २ मा विद्युतीकरण हुन बाँकी रहेको त्यो पनि आगामी आर्थिक वर्षको बजेटले समेटेको अध्यक्ष रावलले बताए ।
बजेटले खानेपानी र सिंचाईलाई पनि प्राथमिकतामा राखिने भएको उनले भने । साथमा शिक्षालाई पनि जोड् दिइएको छ । कृर्षि, खानेपानी, सिंचाईलाई प्राथमिकता दिएर उत्पादनमा वृद्धि गर्ने उनको दाबी छ ।
यस्तै दलित, महिला र अन्य समावेशीताका कुरालाई ध्यान दिइएको उनले अध्यक्ष रावलले बताए । बजेटको सीमा ज्यादै न्यून भएको कारण गर्न खोजेका कुरा बजेटमा समेट्न नसकिएको उनले भने ।
कुल गाउँपालिकामा आउने बजेट मध्य निशर्तको बजेट झन थोरै छ । अर्को लगानी कम तर प्रतिफल बढी आउने कार्यक्रमलाई ध्यान दिइएको उनले बताए । यस्तै खार्पुनाथको बजेटले साझेदारीका कार्यक्रमलाई समेटिने भएको छ ।