२३ चैत, सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा निर्वाचित भएका छन् ।
दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाती सदस्यमा कल्पना ढेंगामगर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष खुलामा दुई र ८ सदस्यीय खुलातर्फ १० जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा सुदीप पुरी र खगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । खुलातर्फ आठ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फ हस्तराज रेग्मी, पुनम विसी, सुशील खड्का, चिन्तामणि कँडेल, टेकराज केशी, पूर्णबहादुर खड्का, विनोद लम्साल, युवराज पंगाली, विवस सेजुवाल र यज्ञ खत्रीको उम्मेदवारी परेको छ ।
यस्तै केन्द्रिय परिषद् प्रतिनिधिमा श्रीधर पौड्याल, कमल पन्त प्रदेश परिषद् प्रतिनिधिमा दुर्गा थापा, धर्मराज जिसी र पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् ।
प्रदेश परिषद्मा भने सुरेश पन्त, नारायणबहादुर खड्का, श्रृजना बुढाथोकी, खिम बुढा, सुरेश आचार्य, प्रकाश पौडेल, देवराज जैशी, सूर्यप्रकाश कँडेल, गीता थापा, कुमार ढकाल, गोविन्द खत्री र गणेशबहादुर वली निर्वाचित भएका छन् ।