२६ चैत, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाको अध्यक्षमा संयुक्त श्रमजिवी गठबन्धनबाट एक मतले नविन पौडेल निर्वाचित भएका छन् । ९२ मतदाता रहेको शाखामा ८७ मत खसेको थियो । अध्यक्ष पौडेलको प्रतिष्पर्धामा उत्रिएकी सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकी मिना बुढाथोकीले ४३ मत प्राप्त गरेकी थिइन । अध्यक्ष पौडेल भने ४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा संयुक्त श्रमजिवी गठबन्धन प्यानलबाट शंकर केसी निर्वाचित भएका छन् । उनले ४६ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलका तिलकराज वलीले ३९ मत ल्याएका छन् ।
महिला उपाध्यक्षमा सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकी सरिता चलाउने ४६ मत ल्याइ निर्वाचित भएकी छन् भने सचिवमा सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकै टिकाराम भण्डारी ( दिपसागर ) ४८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
कोषाध्यक्षमा शिवलाल डाँगी, सह – सचिवमा आशिष केसी सह – सचिवमा ( समावेशी ) वुद्धिमान पुन निर्वाचित भएका हुन ।
भने, दलित सदस्यमा खेमराज स्वर्णकार, सदस्यमा अमृत बुढाथोकी, भरत देवकोटा , सञ्जिवश्रवण देवकोटा , पदम गिरी, महेश कुमार वली, निर्वाचित भएका छन । केन्द्रीय परिषद् सदस्यमा डिल्लीराज रावत, योगराज विक, निर्वाचित भएका छन ।
प्रदेश परिषद् सदस्यमा प्रकाश भण्डारी, धिरज रावत, धनेन्द्र विमल वली, र्ईश्वरी प्रकाश केसी, झनक बहादुर केसी, विजयी भएका छन । परिषद् सदस्य महिला टिका केसी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।