काठमाडौं : जेठ १० गते । रुकुम सोतीमा ६ जना युवाको नरसंहार भएको दिन । सोती घटना थाहा नपाउने बिरलै होलान । चियाखाने पसलदेखि संसदसम्म । बालकदेखि वृद्धसम्म । यो घटना नेपालमा सबैभन्दा धेरै बहस र विवादित घटनाक्रम हो ।
गएको जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका- ८ सोतीका गाउँलेहरु मिलेर जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित ६ जना युवाको नरसंहार भयो । कारण थियो, अन्तरजातीय प्रेम अनि हुन लागेको विवाह । दलित युवाले ठकुरीकी छोरीसँग विवाह गर्न लाग्दा रुकुम सोती घटना घटेको हो । घटनामा जाजरकोटका ६ जना निर्दोष युवाले ज्यान गुमाए । यस्तो लाग्छ, यो घटना रुकुमको मात्रै होइन । सारा नेपालको प्रतिनिधिमुलक घटना हो ।
जहाँ धेरै संख्या र पहुँच भएका कथित उपल्लो जातकाले दलितमाथि नरसंहार गरे । त्यसको पक्षमा जनार्दन उभिए । उनको राजनीति उभियो । उनको क्षमता र शक्ति उभियो ।
तर दलित युवाले अन्तरजातीय प्रेमपछि विवाह गर्न लागेकै कारण उनीहरुको सामूहिक हत्या भयो । त्यो पनि एउटा घटना मात्रै थिएन, दुर्घटना थियो । प्रेमको हत्या थियो । त्यो भन्दा बढी नेपाली समाजको वास्तविक मुखुण्डा थियो ।
जुन अहिले पनि कायमै छ । बाहिर आदर्श छाट्ने नेपाली समाजका हरेक घरमा जातीय विभेदको ठूलो खाडल छ । जुन खाडलमा कलिला बालबालिका र युवा युवतीको बर्षेनी ज्यान गइरहेको छ ।
यसरी भयो सोती नरसंहार घटना
भेरी नदी आफ्नै गतिमा बगिरहेको थियो । दिउँसोको एक बजे जाजरकोट खलंगाबाट नवराज विकसहित १८ जना युवाहरुको टोली सोती हिड्यो । भेरीमाथिको कालेगाउँको पुल तर्दै उनीहरु सोतीमा गाउँ पुगे ।
नवराजलाई प्रेमिका शुष्मा मल्लको निम्तो रहेको दाबी उनका साथीको छ । बिहेकै लागि नवराज दलबलसहित सोती गाउँ पुगेका थिए । तर पहिलो झट्कामै शुष्माकी आमा प्रकाशी मल्लको गालीबाट उनीहरु तर्सिए ।
पहिलो निशानामा थिए, नवराज । उनलाई समातेर कुटपिट गर्न थालियो । अरु युवा भाग्न थाले । नवराजलाई कुटेरै मारियो । अरु युवामाथि घरेलु हतियार प्रहार गर्न थालियो ।
बिहेको सपना बुनेर गएका नवराजहरुको मुड खराब भयो । कतिसम्म भने आज त मारेरै छाड्छौँ भन्ने वाक्यंले उनीहरु तर्सिए । बिहे परको कुरा । युवतीको मुहार समेत हेर्न नपाएर नवराजहरु फर्किए ।
बिहेको सपना बोकेर गएका युवाहरु निराश बन्दै फर्किरहेका थिए । यतिबेला दिउँसोको चार बजिसकेको थियो । भेरी नदीतिर पुग्नै लागेका बेला सोती गाउँ उर्लेर आयो । शुष्माको घरबाट जंगलै जंगल र मध्यपहाडी लोकमार्ग भएर कालेगाउँतर्फ उनीहरु अगाडि बढ्दै थिए ।
तर खुकुरी, हँसिया, खुडा लगायतका हात हतियार लिएर सोतीका गाउँले आएपछि उनीहरु भागे । युवाहरु जाजरकोटतिर भागेका थिए । तर नजिकैको भेरी नदीमाथिको कालेगाउँ पुलमा घेराबन्दी थियो । जसकारण उनीहरुले पुल तर्न पाएनन् । पुल तर्न नपाएपछि युवाहरु समस्यामा परे । त्यही बेला सोती गाउँ जाजरकोटका युवाहरुमाथि जाइलागे । जसको नेतृत्व वडाध्यक्ष डम्बर मल्लले गरेका थिए ।
पहिलो निशानामा थिए, नवराज विक । उनलाई समातेर कुटपिट गर्न थालियो । अरु युवा भाग्न थाले । नवराजलाई कुटेरै मारियो । अरु युवामाथि घरेलु हतियार प्रहार गर्न थालियो । यत्तिकैमा कतिपय युवा भेरी तरेर जाजरकोटतिर भागे । तर भेरी तर्न लाग्दा बीच ढुंगामा पुगेका उनीहरुलाई त्यही पुगेर कुटपिट गर्न थालियो ।
यतिबेलासम्म साँझको ६ बजिसकेको थियो । केहीबेरपछि प्रहरी आयो । प्रहरी आएपछि १२ जना युवाहरुको बच्यो । तर ६ जना युवाहरुको अनाहकमा ज्यान गयो । उनीहरु कसरी मारिए ? त्यो अझै स्पष्ट खुल्न बाँकी छ । नवराजको लास त्यही दिन राती भेटिएको थियो । अरुको भने फरक फरक दिनमा लास भेटिएको थियो ।
प्रहरीको अनुसन्धान टोलीसँग भने अभियुक्तले कुटपिट गरेर खुकुरी, हँसिया हानेर मारेको बताएका छन् । यस विषयमा थुप्रै अनुसन्धान समिति बने । थुप्रै संघ संस्थाले प्रतिवेदन बनाए । माओवादी नेता देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति बन्यो । तर पीडितले अझै न्याय पाएका छैनन । अदालतले न्याय दिलाउन सकेको छैन ।
जनार्दनकै शक्ति र दबाबका कारण घटनाका मुख्य अभियुक्त छुट्दै गएका छन । मुद्दा विस्तारै कमजोर बनाउन थालिएको छ । जिल्ला अदालतदेखि उच्च हुदैँ सर्वोच्चसम्मको मुद्दा फैसला हुन सकेको छैन । न्याय दिने ठाउँमा पीडितलाई १० लाख पैसाको बिटोले लोभ्याइयो । केही पैँसा दिएर राहतका नाममा न्याय लुकाउन खोजियो ।
सोती घटनाको राजनीतिक र सामाजिक चित्रण
सोतीका गाउँलेहरुले ६ युवाहरुलाई घरेलु हतियारले हत्या गरेर भेरी नदीमा बगाए । युवाहरु नदीमै माछाको आहारा बने । विडम्वना न्याय पनि नदिमै बग्यो । सोती घटनाका मुख्य नाइके भनिएका डम्बर मल्ल पहुँच र शक्तिशाली नेताहरुको नजिकका व्यक्ति हुन् ।
जसको सिधा सम्पर्क माओवादी केन्द्रका केन्द्रीय नेता जनार्दन शर्मासँग थियो । चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, कर्णाली प्रदेश सांसद गोपाल शर्मादेखि जनार्दन शर्मासम्म यो घटना दबाउन र दोषीलाई बचाउन अहिले पनि संघर्ष चलिरहेको छ ।
जनार्दनकै शक्ति र दबाबका कारण घटनाका मुख्य अभियुक्त छुट्दै गएका छन । मुद्दा विस्तारै कमजोर बनाउन थालिएको छ । जिल्ला अदालतदेखि उच्च हुदैँ सर्वोच्चसम्मको मुद्दा फैसला हुन सकेको छैन । न्याय दिने ठाउँमा पीडितलाई १० लाख पैसाको बिटोले लोभ्याइयो । केही पैँसा दिएर राहतका नाममा न्याय लुकाउन खोजियो ।
दलित तथा गैरदलित युवाहरुको लासमाथि राजनीतिक दलका नेताहरुको सहानुभूति छैन । मात्रै उनीहरुले राजनीतिक फाइदा हेरिरहेका छन् । अवसरका लागि गिद्धे नजर लगाइरहेका छन् ।
संसदमा जनार्दन शर्माको कुतर्क
जेठ १० गते बेलूकी युवाहरुमाथि कुटपिट भयो । सायद त्यसपछि हत्या पनि त्यसै दिन भयो कि ? तर जेठ १२ गते थप दुई जना युवाको लास भेटियो । बेपत्ता चार जना युवाको लास भेट्न बाँकी थियो ।
१२ गते नै संघीय संसदमा रुकुम पश्चिमका सांसद तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले यो घटना दलितका कारण भएको भनेर घोषणा गरे । उनले घटना भवितव्य भएको भन्दै लकडाउनमा हुल बाधेर गएका युवाहरुबाट आफू बच्न र उनीहरुलाई भगाउन खोज्दा भेरीमा हाम फालेर उनीहरुको मृत्यु भएको पनि संसदमै बताए ।
संसदमा जनार्दनको त्यो अभिव्यक्तिले सारा दलित समूदायमाथि चोट पुग्यो । उनको जनयुद्धकालिन सिद्धान्त खोक्रो बन्यो । दलित, पीडित, शोषित वर्गका लागि उनको लडाई भ्रम थियो । उनी सत्तामा पुगेपछि धेरै बदलिएका छन् । त्यो वास्तविकता रुकुम सोती घटनापछि मात्रै उदांगो बन्यो ।
जनार्दनले जातिय विभेदले घटेको घटना होइन भन्दै कुतर्क गरे । अन्तरजातिय प्रेम गरेकै कारण पनि घटना घटेको विषय उनले स्वीकार गरेनन् । उनले घटनामा सलंग्न मुख्य अभियुक्त डम्बर मल्लको संरक्षण गरे । युवतीका बुवा आमा र आफन्तको संरक्षण गरे । अनाहकमा ज्यान गुमाएका युवाहरुकै दोष देखाए । यो उनको तर्क थिएन । कुतर्क थियो ।
जनार्दनको यो अभिव्यक्तिले सारा दलित समूदायमाथि चोट पुग्यो । उनको जनयुद्धकालिन सिद्धान्त खोक्रो बन्यो । दलित, पीडित, शोषित वर्गका लागि उनको लडाई भ्रम थियो । उनी सत्तामा पुगेपछि धेरै बदलिएका छन् । त्यो वास्तविकता रुकुम सोती घटनापछि मात्रै उदांगो बन्यो ।
जनार्दनको कुतर्कपछि संसदमा दलित समुदायका सांसद मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, पार्वती विसुंखे, भैरवसुन्दर श्रेष्ठ लगायतका सांसदले विरोध जनाए । जनार्दनको कुतर्कको खण्डन गरे ।
यता घटना राजनीतिक रुपमा चर्किदै गयो । उता भेरीमा बगाइएका युवाहरुको लास भेटिन थाल्यो । भेरीमा बगेर ज्यान गुमाए भनिएका युवाहरुको लास क्षतविक्षत अवस्थामा भेटिएको हो ।
उनीहरु कसैको अनुहारमा चोट थियो । कसैको मुख काटिएको थियो । कसैको जिब्रो काटिएको थियो । कसैको टाउकोमा चोट थियो । जुन कुरा प्रहरीको मुचुल्कामा उल्लेख छ ।
जनयुद्ध जातीय युद्धमा परिणत
नेपालमा जातीय विभेद बर्बर रुपमा छ । तर तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध थाल्यो । जहाँ सबै जातीय विभेदको अन्त्य गर्ने भनिएको थियो । त्यसका लागि कति युवाले रगत बगाए ।
तर जनयुद्ध सकियो । जातीय युद्ध कायम रह्यो । माओवादीले गरेको जनयुद्ध भएको दुई दशक बित्यो । जनयुद्धबाटै नेपाली राजनीतिमा उदाएका कर्णालीको टावर लिडर भनिने जनार्दन शर्माको वास्तविक नियत भने उदांगो बन्यो । उनका लागि जनयुद्ध सकियो । त्यही जनयुद्ध जातीय युद्धमा परिणत भयो ।
जहाँ धेरै संख्या र पहुँच भएका कथित उपल्लो जातकाले दलितमाथि नरसंहार गरे । त्यसको पक्षमा जनार्दन उभिए । उनको राजनीति उभियो । उनको क्षमता र शक्ति उभियो । दलितको पक्षमा कोही पनि उभिएन । केही नागरिक, केही लेखक, केही नेता र केही नागरिक समाजले आन्दोलन थाले । धेरै जनता आक्रोशित भए । तर सबैले जातीय विभेद अन्त्य गर्ने प्रण गर्न सकेनन् ।
अन्ततः विभिन्न राजनितिक दल, छानविन समिति, मानवअधिकार, संघर्ष समितिको प्रतिवेदनले आफ्नो दायित्व पूरा गरे । दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन सकेन । जातीय विभेद त झन् परको कुरा । रुकुम पश्चिमदेखि मुद्दा उच्च अदालत सुर्खेतसम्म पुगेको छ । तर फैसला हुन सकेको छैन । घटना भएको एक वर्षसम्म पनि मुद्दाको फैसला नहुनु दुःखद विषय बनेको छ ।
पीडितहरु अहिले पनि न्यायको लागि चोकचोकमा आन्दोलित छन् । मन मनमा ज्वाला दन्काइरहेका छन् । तर जनार्दन जस्तै नेताहरुको पहुँचमा रहेकाहरुले यो घटनामा पीडितलाई न्याय दिलाउन कन्जुस्याई गरिरहेका छन् ।
र, योपनि पढ्नुहोस
युवतीकी आमाको बयान : डुम भन्दै कुटेका हौँ
यस्तो अवस्थामा भेटियो नवराजको शब
सोती घटनाका नाइके मल्लको जनार्दन 'कनेक्सन'