जाजरकोट । रुकुम पश्चिममा हत्या गरिएको अवस्थामा अर्को एक जनाको पनि शब भेटिएको छ । आइतबार राती रुकुम पश्चिममा गैरदलित प्रेमिकालाई भगाएर विवाह गर्न खोज्दा गाउँलेले जाजरकोटका युवा नवराज विकको हत्या गरेका थिए ।
अरु ६ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्का युवा गणेश बुढाको शब सोमबार भेटिएको हो । उनी भेरी नगरपालिका ४ का हुन । एक जनाको शब हिजो नै भेटिएको थियो ।
सोमबार थप एक जनाको शब भेटिएपछि बेपत्ता अरु युवालाई पनि मारेर फालिएको हुन सक्ने आशंका गरिएको छ । बेपत्ता हुनेमा जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ का टीकाराम सुनार छन ।
छोरी शुष्मा मल्ललाई बिहे गर्न दलित युवाले भगाउन लागेको थाहा पाएपछि वडाध्यक्ष डम्बर मल्ल लगायतका गाउँलेले नवराजलाई कुटेका थिए । वडाध्यक्ष मल्ल, शुष्माका आमाबुवा र अरु पाँच जनालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वडाध्यक्ष मल्लकै नेतृत्वमा रहेका गाउँलेले युवाहरुलाई कुटेर मारेर फालेको हुन सक्ने आशंका छ । दुबै जनाको शब जिल्ला अस्पताल जाजरकोटमा पोष्टमार्टमका लागि राखिएको छ ।
यसैबीच, निर्दोष युवाको हत्या भएपछि जाजरकोटको भेरी नगरपालिकामा रहेको युवाको गाउँ शोकमा डुबेको छ । भेरी नगरपालिका ४ का युवा नवराजसहित बेपत्ता युवाहरुको घरमा रुवाबासी भएको छ । ६ जनामध्ये दुई जना मारिएको र अरु चार जना बेपत्ता भएपछि पुरै गाउँ शोकमा डुबेको हो ।
युवाहरुलाई मारेर फाल्ने वडाध्यक्ष मल्लसहित दोषीलाई कडा कारबाही गर्न विभिन्न संघ संस्थाले माग गरेका छन ।
यो पनि पढ्नुहोस :
युवतीलाई भगाउन खोज्दा दलित युवाको कुटीकुटी हत्या !
युवकको हत्यामा वडाध्यक्षको संलग्नता, युवतीका बुवाआमासहित पाँच जना पक्राउ
रुकुम पश्चिममा बेपत्ता एक युवकको शब भेटियो