सिमकोट: हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सबै वडामा सडक सञ्जाल जोड्ने लक्ष अनुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको हो ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले स्वास्थ्य, पूर्वाधार, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए । उक्त गाउँपालिकाले २७ करोड ९८ लाख ६२ हजारको बजेट आगामी वर्षका लागि ल्याएको छ ।
केही वडा सडक सञ्जालसँग जोडिएको र अब बाँकी वडामा पनि सडक जोड्नका लागि सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक भएको उनले बताए । गाउँपालिका उपाध्यक्ष सौमती ऐडीद्धारा प्रस्तुत भएको बजेटले स्वास्थ्य, शिक्षा, कृषि र आयआजर्ननलाई पनि प्राथमिकतामा राखेको छ ।
आफ्नै आयश्रोत नभएको उक्त गाउँपालिकाले फलफुल खेती, केरा, कागती र सुन्तला खेतीलाई पनि बजेटको ब्यबस्था गरेको छ । हालसम्म समन्व्य अभाव रहेको अदानचुलीमा आगामी वर्ष समन्वयात्मक कामका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
हालसम्म विद्युतीकरण नभएको उक्त गाउँपालिकामा आगामी बजेटले त्यसको पनि व्यवस्था गरेको अध्यक्ष फडेराले भने । बजेट सिमा निक्कै कम भएको कारण उपलब्ध श्रोतबाटै जनताका अत्याबश्यक मागलाई सम्वोधन गरेको उनले बताए । यसअघि ढिलै गरि बजेट ल्याउने अदानचुलीले यसपाली भने तोकिएकै मितिमा बजेट सार्वजनिक गरेको छ ।
यो पनि पढौं
खार्पुनाथले ३६ करोड बजेट ल्यायो
सिमकोटको बजेट पूर्वाधारलाई प्राथमिकता